विराटनगरमा अत्याधिक गर्मी, विराटनगर ६ की गंगादेवी वेहोस हुँदा अस्पताल भर्ना

<span class='c1'>विराटनगरमा अत्याधिक गर्मी,  विराटनगर ६ की</span> <span class='c2'> गंगादेवी वेहोस  हुँदा अस्पताल भर्ना</span>

विराटनगर । विराटनगर ६ की ४८ बर्षिय गंगादेवी चौधरी आईतबार विहान अचानक वेहोस भईन् । विहान ९ बजेको समयमा घरछेउमा रहेका बारीमा खन्न गएकी थिईन् । खनेर घर आउन साथ उनी वेहोस भईन् । घरका सदस्यले उनलाई तत्काल कोशी अञ्चल अस्पताल विराटनगरमा उपचार गराउन लगे ।
कोशी अञ्चल अस्पतालको आकस्मिक सेवामा भर्ना भएपछि चिकित्सकले जाँच गरेपछि पत्ता लाग्यो उनी हिट स्ट्रोक अर्थात गर्मीका कारण वेहोस भएका पत्ता लाग्यो । केही दिन यता बढेको गर्मीका कारण दैनिक गर्मीले वेहोस हुने विरामी आउने गरेको कोशी अञ्चल अस्पताल आकस्मिक सेवाका विभागिय प्रमुख डाक्टर संज्ञा ज्ञावली जानकारी दिनुभयो ।
डाक्टर ज्ञावलीका अनुसार – गर्मी बढेको छ, आकस्मिक सेवामा गर्मीले वेहोस भई अस्पतालमा भर्ना हुन आउने दैनिक ३ देखि ४ जना सम्म आउनेको छन् ।’ अस्पतालमा गर्मीका कारण टाईफाइड , भाईरल जोरो र सर्पदंसका विरामीहरु पनि बढेका छन् । दैनिकी जस्ताका विरामीहरु पनि दैनिक पुग्ने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्