निशुल्क भोजन उपलब्ध गराउने दातालाई विराटनगरमा सम्मान

<span class='c1'>निशुल्क भोजन उपलब्ध गराउने</span> <span class='c2'>दातालाई विराटनगरमा सम्मान</span>

विराटनगर । श्रीकृष्ण प्रणामी यूवा परिषद् जिल्ला कार्यसमिति विराटनगरले शुद्ध भोजन दुई वर्षदेखि उपलब्ध गराउने दाताहरूलाई सम्मान गरेको छ । विराटनगरमा एक कार्यक्रमको आयोजना गरि सम्मान गरेको हो । प्रणामी युवा परिषदले लामो समयदेखि विराटनगरस्थित कोशी अञ्चल अस्पताल, नोबेल मेडिकल कलेज लगायतमा गएर विरामी र कुरुवाहरूलाई निःशुल्क भोजन गराउँदै आएको थियो ।
दुई वर्षदेखि विरामी, करुवा र असहायहरूलाई भोजनको व्यवस्था गरिदिने दाताहरूलाई सम्मान गरेको श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल विराटनगरका अध्यक्ष गोकुल कोइरालाले जानकारी दिए । सम्मान कार्यक्रमको संयोजक विश्वराज ढकालले गरेका थिए । कार्यक्रममा विराटनगर ३ का वडा अध्यक्ष विनोद बस्नेत, १ का वडा अध्यक्ष उद्धब अर्याल, त्यस्तै चन्द्रप्रसाद उप्रेती, युवा परिषदका उपाध्यक्ष यज्ञ ढकाल, साहित्य एवं संस्कृति परिषद नेपाल विराटनगरका अध्यक्ष पशुपति पराजुली, विराटनगर मन्दिरका उपाध्यक्ष कृष्ण प्रसाद कोइराला, युवा परिषद नेपालको केन्द्रीय सचिब टंक ओझा, प्रदेश संयोजक अनिल ढुंगाना सहभागी थिए । गोकुल कोइरालाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्