किशोरीलाई शरीर बन्धक र जवरजस्ती करणी गराएको आरोपमा रंगेलीबाट महिला पक्राउ

किशोरीलाई शरीर बन्धक र जवरजस्ती करणी गराएको आरोपमा रंगेलीबाट महिला पक्राउ

रबिन्द्र बराल ।
रंगेली, २७ साउन । मोरङको सुनबर्सी नगरपालिकाबाट एक किशोरीलाई अपहरणमा गर्ने महिलालाई प्रहरीले पक्राउ गरेको छ । अपहरणमा संलग्न रहेको मध्ये एकजनालाई पक्राउ गरी सोमबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो । गत फागुन २ गते राती अपहरणमा परेकी सुनबर्सी नगरपालिका की १५ वर्षकी किशोरीलाई राती २ बजे घरबाटै भगाईएको प्रहरीले जनाएको छ । रंगेली प्रहरीले पीडित परिवारको जाहेरीका आधारमा अनुसन्धान थालेको थियो ।
पक्राउ पर्नेमा सोही ठाउँकी ३६ बर्षीय गिता ऋिषिदेब रहेको र उनलाई अदालतबाट म्याद थप गरिएको ईलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक लेखनाथ दाहालले बताए । अपहरणको क्रममा प्रहरीले ९ जनाको संलग्नता रहेको जनाएको छ ।
अपहरणमा परेकी किशोरीलाई भारतको विभिन्न शहरमा लगेर यौन कार्यमा लगाएको, काम गर्ने क्रममा बिभिन्न यातना दिने गरेको, शरिरको बिभिन्न भागमा तातो पन्युुुुले डाम्ने काम गरेको उजुरीमा उल्लेख गरिएको प्रहरी निरीक्षक दाहालले बताए ।
अपहरणमा परेकी किशोरीलाई पाँच महिना पछि भारतीय प्रहरी र नेपाल प्रहरीको सहयोगमा भारतको पन्जावबाट उद्दार गरिएको प्रहरीले जनाएको छ । प्रहरीले ९ जना बिरुद्ध मुद्दा दायर गरिएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्