युवा दिवसमा विराटनगरका मारवाडी युवाको सक्रियता, एकै ठाउँमा धेरै कार्यक्रम

युवा दिवसमा विराटनगरका मारवाडी युवाको सक्रियता, एकै ठाउँमा धेरै कार्यक्रम

विराटनगर । अन्तराष्ट्रिय युवा दिवस लाई लक्षित गरेर मारवाडी युवा मञ्च विराटनगरले विभिन्न कार्यक्रम गरेको छ । विराटनगर महानगर पालिका, लायन्स क्लब अफ बिराटनगर, लायन्स क्लब अफ बिराटनगर डाइनो, लालयन्स क्लब बिराटनगर सिल्भरलगायत का संस्थाहरुले सहयोगमा कार्यक्रमको आयोजना गरिएको हो ।
विराटनगर आँखा अस्पतालको सहकार्यमा आँखा तथा कानको निशुल्क परिक्षण गरिएको हो । परिक्षणमा १२० जनाको आँखा जाँच भएको थियो भने ७० जनाले कान जाँच भएको थियो । २० जनाले मरणोपरान्त आफ्नो आँखा दान गर्ने प्रतिबद्धता जनाएका छन् ।
गणपति डेन्टल क्लिनिकको सहकार्यमा दन्त परीक्षण शिविर पनि सम्पन्न भएको छ। जसमा ६० जनाले आफ्नो दाँत परीक्षण गराएका छन् । त्यस्तै पुरानो कपडा संकलन , सेरेजम क्याम्प सञ्चालन समेत सम्पन्न भएको छ ।
युवा दिवसकै अवसरमा खुल्ला रक्तदान कार्यक्रमको समेत आयोजना गरिएको थियो। उक्त कार्यक्रममा ४० जनाले रक्तदान गरेका थिए । कार्यक्रममा मोरङ्ग व्यापार संघका अध्यक्ष प्रकाश मुण्दडा, लायन्सका पुर्ब गभर्नर लिला ढुंगेल, नेपाल राष्ट्रिय मारवाडी परिषदका सदस्य शंकरलाल अग्रवाल, नेपाल राष्ट्रिय मारवाडी युवा संगठनका अध्यक्ष बज्रङ अग्रवाल लगायतको उपस्थिती थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्