प्रदेश सरकारको म अघि बढ्छु अभियान, विराटनगरका १२ सय बिद्यार्थीलाई प्रशिक्षण

<span class='c1'>प्रदेश सरकारको म अघि बढ्छु अभियान,</span> <span class='c2'>विराटनगरका १२ सय बिद्यार्थीलाई प्रशिक्षण</span>

विराटनगर, २८ साउन ।
प्रदेश नम्बर १ को सरकारले संचालन गरेको म अघि वढछुु अभियान अन्तर्गत विराटनगर महानगरपालिकाका १२ सय विद्यार्थीलाई प्रशिक्षण दिइएको छ ।
प्रदेश नम्बर १ आन्तरिक मामिला तथा कानुुन मन्त्रालयले विराटनगरमा पत्रकार सम्मेलन गरी विराटनगर स्थित अरनिको मावि , सगरमाथा मावि, सत्यनारायण मावि तथा पोखरिया माविका विद्यार्थीहरुलाई प्रशिक्षण दिएको जनाएको छ । विद्यालयमा पुुगेर रमोन म्यागसेसे पुुरस्कारवाट सम्मानीत एवम समाजसेवी महाविर पुुनले विद्यार्थीलाई प्रशिक्षण दिनुु भएको थियो । पुुनले आफना जिवनकालका भोगाई, दुुख संघर्षका क्षण तथा आफना सफलताको यात्राको बारेमा विद्यार्थीहरुलाई प्रशिक्षण दिनुु भएको थियो ।
पत्रकार सम्मेलनमा वोल्दै पुुनले प्रदेश नम्बर १ ले संचालन गरेको म अघि वढछु अभियानलाई राष्ट्रिय स्तरमा लैजानुुुपर्नेमा जोड दिनुुभयो । प्रदेश नम्बर १ को आन्तरिक मामिला तथा कानुुन मन्त्रालयले प्रदेशका कक्षा ८ देखि प्लस टुु मा अध्यनरत २ सय विद्यालयका विद्यार्थीलाई लक्षित गरि यो अभियान संचालन गरेको हो । विद्यार्थीहरुलाई सकारात्मक सोचका साथ इमान्दार र सृजनशिल वनाई राष्ट्र निमार्णमा सहयोग पुु¥याउन सहयोग पुुगोस भन्ने उद्धेश्यले मन्त्रालयले अभियानको रुपमा यो कार्यक्रम संचालन गरेको मन्त्रालयका सुुचना अधिकृत विजयकुुमार मगरले वताउनुुभयो । मन्त्रालयले विभिन्न विद्यालयमा टिन्स क्लव गठनगरि कार्यक्रम संचालन गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्