लागुऔषध सहित उदयपुरबाट दुईजना पक्राउ

लागुऔषध सहित उदयपुरबाट दुईजना पक्राउ

विराटनगर, २८ साउन । उदयपुरको त्रियुगा नगरपालिका ६ लालपत्ताबाट लागुऔषध सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले स ७ प ८८०९ नम्बरको मोटरसाईकल सहित २ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सिराहाको भगवानपुर गाउँपालिका २ का २० बर्षीय मुकेश कुमार यादव र २३ बर्षीय रमेश कुमार महतो रहेका छन् । उनीहरुको साथबाट फेनारगन एकसय एम्पुल, नोर्फिन एक सय एम्पुल, डाईजोल्याप एक सय एम्पुल र नगद ७ हजा २ सय ३० रुपैयाँ सहित बरामद गरेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय उदयपुरमा राखि थप अनुसन्धान भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्