बिर्तामोडमा निर्माणाधिन होटलमा सेक्यूरिटी गार्डको शव फेला , हत्याको आशंका

बिर्तामोडमा निर्माणाधिन होटलमा सेक्यूरिटी गार्डको शव फेला , हत्याको आशंका

बिर्तामोड साउन २८। बिर्तामोड–४ मा निर्माणाधिन द्वारिका होटलमा आज विहान शव फेला परेको छ । सो शव बिर्तामोड–७ का ४७ वर्षीय शशि शिवाकोटीको रहेको इलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी मोहन थापाले जानकारी दिए । शव विहान ७ बजे फेला परेको प्रहरीको भनाई छ ।

निर्माणाधिन होटलको पूर्व तर्फ रहेको १ तलेघरको बरण्डामा शिवाकोटीको शव फेला परेको थियो । शरिरभरी चोटैचोट रहेको अवस्थामा शव भेटिएको प्रहरी प्रमुख थापाले जानकारी दिएका छन् । उनका अनुसार शिवाकोटीको दाहिने गालाको भागमा डेढ इञ्ज चोट छ भने आँखामा रगतको टाटैटाटा बसेको छ । चिउँडोमा निलडाम, घाँटीमा चोट, छातीको दाहिने भागमा ३ इञ्चको निलडाम, हात र खुट्टमा निलडाम देखिएको प्रहरीले जानकारी दिए ।

होटलमा ३ दिनदेखि गार्डको रुपमा कार्यरत शिवाकोटी अविवाहित व्यक्ति हुन् । उनी कनकाई सेक्यूरिटी सर्भिसबाट त्यहाँ काम गर्न गएको बुझिएको छ । शवको पोष्टमार्टका लागि घोपा लगिएको प्रहरीको भनाई छ । - इजलास

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्