नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिन अस्वीकार

नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिन अस्वीकार

काठमाडौं, साउन २८ ।

नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिन अस्वीकार गरेको छ । सन्दीपले अमेरिकी दूतावासबाट आफूले भिसा नपाएको मंगलबार ट्वीटरमार्फत जानकारी दिएका हुन् ।

क्यारेबियन प्रिमियर लिग खेल्नका लागि जान लागेका उनलाई आवश्यक सबै दस्तावेज पेश गर्दा पनि दूतावासले भिसा दिन अस्वीकार गरेको जनाइएको छ ।

सन्दीपले ट्वीट गर्दै प्रधानमन्त्री, परराष्ट्रमन्त्री, नेपालका लागि अमेरिकी राजदूतलगायतलाई ‘मेन्सन’ गर्दै भिसा पाउन नसकेको जनाएका हुन् । भिसा नपाउँदा आफू क्यारेबियन प्रिमियर लिगमा सहभागी हुने अनिश्चित बनेको पनि उनले जनाएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्