अन्ततः नेपाली क्रिकेट खेलाडी सन्दीपलाई दियो अमेरिकी दूतावासले भिसा

अन्ततः नेपाली क्रिकेट खेलाडी सन्दीपलाई दियो अमेरिकी दूतावासले भिसा

काठमाडौं, साउन २८ । नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिएको छ ।

मंगलबार बिहान भिसा दिन अस्वीकार गरेको काठमाडौंस्थित अमेरिकी दूतावासले तीन घन्टापछि भिसा दिएको हो ।

दूतावासले भिसा दिन अस्वीकार गरेको खबर सन्दीपले ट्वीट गरेको केही समयमै दूतावासका अधिकारीहरुले फेरि उनलाई भिसा प्रक्रियाका लागि बोलाएका थिए ।

पछिल्लोपटक सामान्य प्रक्रियापछि भिसा दिइएको नेपाली टिमका व्यवस्थापक रमन शिवाकोटीले बताए ।

क्यारेबियन प्रिमियर लिग खेल्न अमेरिका हुँदै जान मंगलबार बिहान सन्दीप काठमाडौंस्थित अमेरिकी दूतावास गएपनि दूतावासले भिसा दिन अस्वीकार गरेको थियो ।

चाहिने सबै कागजपत्र हुँदाहुँदै पनि भिसा नदिएकोमा अचम्म लागेको भन्दै सन्दीपले ट्वीट गरेका थिए ।

वेस्ट इन्डिजमा हुने क्यारेबियन प्रिमियर लिग (सीपीएल) क्रिकेटको यस संस्करणका केही खेलहरु अमेरिकामासमेत हुने तालिका छ ।

सन्दीपले यो सिजन बार्बाडोस ट्राइडेन्टबाट सीपीएल क्रिकेट खेल्दैछन् ।

सीपीएल क्रिकेट आउँदो भदौ १८ देखि असोज २५ गतेसम्म हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्