विराटनगरको कोशी अस्पतालमा एक युवा जो उपचार अभावमा ज्युँदै सड्दै छन् (भिडियो रिपोर्ट)

विराटनगरको  कोशी अस्पतालमा एक युवा जो  उपचार अभावमा ज्युँदै सड्दै छन्  (भिडियो रिपोर्ट)

विराटनगर,२८ साउन । विराटनगरको कोशी अस्पतालमा एक बेबारिसे युवाको उपचार नुहँदा समस्या देखिएको छ । करिब ३५ वर्षको उमेर देखिने युवाको देव्रे खुट््टामा समस्या देखिएको छ । उनी स्पष्ट बोल्न सक्दैनन् जसका कारण उनको परिचय खुल्न समेत सकेको छैन ।
बिगत दुई साता अघिदेखि कोशी अञ्चल अस्पतालको आकस्मिक कक्ष अगाडी रहेको प्रतिक्षालयमा उनी छटपटिँदै आएका छन् । घाउका कारण घुँडादेखि तलको भाग कुहिएको छ । जसका कारण अस्पतालको आकस्मिक कक्षको वरिपरि दुर्गन्ध फैलिएको छ । दुर्गन्धका कारण उपचारका लागि जाने बिरामी, अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारी नाक थुनेर हिँड्छन् तर उपचारमा सहयोग गरेको गर्दैनन् ।
खुट्टा कुहिएको छ, झिँगा भन्किएको घाउ छ अनी त्यही कुहिएको खुट्टा गन्हाएका कारण बाटो हिड्नेहरु मुखमा माक्स लगाएर हिड्छन् तर यी ब्यक्ति को हुन् कसैले सोधी खोजीसम्म गर्दैनन् ।
अहिले सम्म उनलाई हेर्न र भेट्न परिवारका सदस्य र आफन्त कोही पनि आएका छैनन् । बेबारिसे अवस्थामा प्रतिक्षालयमा त्यही कसैले खानेकुरा ल्याईदियो भने खान्छन्, नभए त्यतिकै भोकै बस्छन् । त्यहीँ खान्छन् त्यही दिसापिसाब गर्छन् ।
यसरी बसेको लामो समय भएपनि उनको प्रभावकारी उपचार हुन सकेको छैन । अस्पतालले उनको निःशुल्क उपचार सुरु गर्दै एन्टिबायोटिक औषधि पनि चलाएको थियो । तर घाउ ठीक हुनुको साटो उल्टै घुँडादेखि मुनीको भाग कुहिएको छ । घाउ निको नभएपछि उपचारमा संलग्न चिकित्सकले घुँडादेखि तलको भाग काटेर फ्याल्नुको विकल्प नभएको बताएका छन् ।
अस्पतालका बरिष्ठ हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. यज्ञराज खरेलले औषधिले निको हुन नसकेका कारण संक्रमण रहेको घुँडादेखि तलको भाग तत्काल काट्नु पर्ने बताए । लामो समयदेखि यसैगरी अस्पताल बेबारिसे अबस्थामा रहेका यी बिरामी युवाको फोटो खिचेर पब्लिक फोरमका अध्यक्ष उत्तम ढुङ्गेलले सार्बजनिक गरेपछि आश्वासन दिनेहरुको ओईरो लागेपनि खुट्टा कुहिएर लामोसमय थलिएका ब्यक्तिको उपचार हुन सकेको छैन ।
तीन तहका सरकार र अनेक थरीका सामाजिक नाम दिएर खुलेका संस्था आफ्नै स्वार्थमा केन्द्रीत हुँदा रोगले थलिएर उपचारविहीन भएर बसेका यी युवाको उपचार गर्नमा कसैको ध्यान गएन । उपचार गर्ने थलो मै कोही ब्यक्तिले उपचार पाउँदैन भने असहायको नाममा आउने रकम कसले सकेको छ त्यसको पनि सोधिखोजीको बिषय बनेको छ । हरेक बर्ष करोडौँ सामाजिक सुरक्षा र असहायको नाममा आउँछ तर असहायका नाममा धनी र पुँजीपतिको बर्चश्व हुँदा यस्ता ब्यक्ति उपचारको पर्खाईमा कहिलेसम्म बस्नु पर्ने हो ? गम्भीर प्रश्न उब्जीएको छ ।

https://www.facebook.com/ourbrt/videos/451148529073432/?v=451148529073432

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्