विराटनगरमा मापसे सेवन गरी चलाएको मोटरसाईकलले प्रहरीलाई ठक्कर दियो, चालक नियन्त्रणमा

विराटनगरमा मापसे सेवन गरी  चलाएको मोटरसाईकलले प्रहरीलाई ठक्कर दियो, चालक  नियन्त्रणमा

विराटनगर, २८ साउन ।
प्रहरी जवानलाई ठक्कर दिने चालकलाई प्रहरीले पक्राउ गरेको छ। दिउँसो विराटनगर महानगरपालिका वडा नं. ४ कन्चनबारी चोकमा वडा प्रहरी कार्यालय (क) विराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को ३५ प ४०८७ नं. को मोटरसाईकलले वडा प्रहरी कार्यालय (क) विराटनगरमा कार्यरत प्रहरी जवान अमित कुमार मण्डललाई ठक्कर दिएको थियो ।
घाईते प्रहरी जवानलाई तत्काल विराट नर्सिङ होम विराटनगरमा उपचारको लागि पठाईएको छ । उनको टाउकोमा चोट लागेको र अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी राजकुमार खिउजुले बताए ।
ठक्कर दिने मोटरसाईकल चालक जिल्ला मोरङ बुढिगंगा गाउँपालिका वडा नं. ३ बस्ने बर्ष २४ को बिसाल राउतलाई नियन्त्रणमा लिईएको खिउजुले बताए । मापसेगरी लापरवाहीपूर्ण तवरले सवारी साधन चलाएकोले विराटनगरको कोशी अंचल अगाडी, डाँफे चोक, तीनपैनीमा समेत रोक्न खोज्दा उक्त विभिन्न चेकप्वाईन्टहरुमा नरोकी भागेको सआरभीले पक्राउ गर्न सफल भएको थियो । पक्राउ परेका राउतलाई मुलुकी अपराध (संहिता) ऐन २०७४ बमोजिम अभद्र ब्यवहार अन्तर्गत म्याद थप भई आवश्यक अनुसन्धान भई रहेको डिएसपी खिउजुले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्