बिद्युत कटौतीले विराटनगरका ब्यापारी हैरान, प्राधिकरणलाई चावी बुझाउने चेतावनी

बिद्युत कटौतीले विराटनगरका ब्यापारी हैरान, प्राधिकरणलाई चावी बुझाउने चेतावनी

विराटनगर ।
विराटनगरका उद्योगीले बिद्युत प्राधिकरणको लापरवाहीका कारण उद्योग बन्द गराउनु पर्ने अबस्थामा पुगेको बताएका छन् । गराउद्योग संगठन मोरङको आयोजनामा उद्योगी÷व्यवसायी र नेपाल विद्युत प्राधिकरण विराटनगर शाखा प्रमुख, दुहवी ग्रिड प्रमुख, कटहरी शाखा प्रमुख लगाएतको उपस्थितीमा भएको छलफलमा उद्योगीले प्रँधिकरणको कारण उद्योग बन्द गराउनु पर्ने अबस्था आएको बताएका हुन् । विगत केहि समसयता बढीरहेको विद्युत कटौतीले लोभोल्टेज, ट्रिपि¨ लगायतका समस्या र सामाधानका उपायका सम्बन्धमा उद्योग संगठनले छलफल गरेको हो ।
छलफलमा संगठनका अध्यक्ष भीम घिमिरेले नेपाल विद्युत प्राधिकरणको औद्योगिक लोडसेडि¨ले मेनरोड र ट्रिपि¨को कारण उद्योगी÷व्यवसायी आक्रान्त भएको जानकारी गराए । विद्युत अवरुद्धले एकतर्फ उत्पादनमा ह्रास आई कच्चा पद्धार्थ खेर गईरहेको र अर्काेतर्फ उद्योगका मेसिन विग्रनाले उद्योगमा ठुलो क्षती भईरहेको घिमिरेले बताए । विद्युत प्राधिकरणले अविलम्वन समस्या सामाधान नगरे उद्योगी-व्यवसायीले उद्योग बन्द गरेर चावी विद्युत प्राधिकरणलाई बुझाउने चेतावनी दिए ।
अध्यक्ष घिमिरेले विद्युतकोे अवस्थाका कारण उद्योगहरु पूर्ण क्षमतामा संचालन हुन नसकेको, उत्पादन लागत वृद्धि भईरहेकोले विद्युतको समस्या समाधान गर्न संगठन सम्वन्धित निकायमा पहल र सहयोग गर्न तयार रहेको स्पष्ट पारे ।
संगठनका उपाध्यक्ष उद्योगी प्रदिप मुरारका, राजकुमार गोल्छा, राकेश सुरानाले विद्युतको कारणले गर्दा उद्योग-व्यवसाय धरासायी हुन लागेको भन्दै समस्या अविलम्व समाधान गर्न आग्रह गरे । उद्योग व्यवसायले दैनिक दश देखि पन्ध्र पटकसम्म विद्युत कटौतिको समस्या भोग्नु परेकोले उत्पादनमा ठुलो क्षति व्यहोर्नू परेको मुरारकाले बताए । उपाध्यक्ष मुसरारकाले कटहरी क्षेत्रका उद्योगीको अवस्था अत्यन्त दयनीय हुदै गएको, विद्युतको कारण उद्योगको पार्टपुर्जा जल्ने, विग्रने गरेकाले समस्या समाधानका गर्न उनले प्राधिकरण सँग आग्रह गरे ।
नेपाल विद्युत प्राधिकरण विराटनगर शाखा कार्यालयका प्रमुख राजीव सिंहले भारत र नेपालको विद्युत चेन्जओभर गर्नु पर्ने भएकाले पटक पटक विद्युत अवरुद्ध हुने गरेको बताए। शाखा प्रमुख सिंहले केहि दिनअघि आएको वाढीका कारण विद्युत प्राधिकरणलाई ठुलो क्षति हुनुका साथै ठाउ ठाउमा विद्युतको पोलका साथै रुखहरु र विद्युत लाइनमा ढल्नाले वितरण प्रणलीमा समस्या आएकोले मर्मतको काम भईरहेको बताए ।
दुहवी ग्रिड प्रमुख रेवत कुमार चौधरीले रंगेली, कटहरीका उद्योगहरु लामो दुरीमा स्थापना भएकाले दुहवी ग्रिडबाट त्यस क्षेत्रको उद्योगहरुमा सप्लाई गरिएको विद्युतमा भोल्टेज ड्रप हुने समस्या रहेको बताए । उनले कतिपय समस्याकोे समाधान केन्द्रबाट मात्र हुने. भएकाले केन्द्रमा समेत पहल गर्न संगठनलाई अनुरोध गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्