विराटनगरका ब्यापारी हत्या गर्न आएका तीनजना भारतीय ‘सापसुटर’ जेल चलान

विराटनगरका ब्यापारी हत्या गर्न आएका तीनजना भारतीय ‘सापसुटर’ जेल चलान

विराटनगर । भारतीय ‘सापसुटर’ १९ वर्षिय कुनाल कुमार सिंहसहित तीन जनालाई जिल्ला अदालत मोरङले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । अदालतका न्यायधीश कृष्णमुरारी शिवाकोटीको इजालशले विराटनगर – ८ धरमबाँध रोडका ३१ वर्षिय मन्नु कुमार गुप्ता, सर्लाही गोडैता नगरपालिकाका ५० वर्षिय हरीनारयाण झालाई पुर्पक्षका लागि सोमबार थुनामा राख्न आदेश दिएका हो । अदालतको आदेशपछि तीन जना अभियुक्त जिल्ला कारागार मोरङ चलान भएका हुन् ।
मोरङ प्रहरीले सरकारी वकिलको कार्यालय मार्फत शुक्रबार मोरङ अदालतमा ‘संगठित रूपमा हातहतियार खरखजना संहित आपराधिक षड्यन्त्र उद्योग’ मा पक्राउ परेका तीन जना र अन्य दुईजना लाई फरार प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको थियो ।
अदालतको ४ नम्बर इजालमा शुक्रबारदेखि भएको बयान आइतबार साझ अभियुक्तको बयान सकिएको थियो । प्रतिवादीको बयान सकिएर पछि सोमबार थुनछेक बहस सकिए लगत्तै थुनछेक बहसमा सरकारकोतर्फबाट सरकारी वकिलको कार्यालय मोरङका सहायक जिल्ला न्यायाधिवक्ता मुकुन्द कुमार रोग्मीले बहस गरेका थिए ।
प्रतिवादीको तर्फबाट पाँच जना कानुन व्यवसायीहरूले प्रतिरक्षा गर्दै बहस गरे । जसमा प्रतिवादीको तर्फबाट वरिष्ठ अधिवक्ता द्धय माधव राज आचार्य र हेमराज पराजुली, अधिवक्ताहरू हेमराज पन्त, नारायण प्रसाद दाहाल र जीवन सापकोटाले गरेका थिए ।

यस्तो छ घटना क्रम :  विराटनगर – ९ स्थित मेट्रोसिटी होटल एण्ड गीत गजलबाट हतियारसहित पक्राउ परेका भारतीय नागरिक विराटनगरमा खाद्यको कारोबार गर्ने व्यापारी जितु भनिने जितेन्द्र रायलाई हत्या गर्न आएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । मोरङ प्रहरीको नियन्त्रण पछि अनुसन्धानमा रहेका भारत सीतामणी ग्रामपञ्चायतका २२ वर्षीय कुनालकुमार सिंहलाई पक्राउ गरेपछि भारतीय पाँच लाखको ‘सुपाडी’ मा हतियारसहित व्यापारी रायको हत्या गर्न आएको अनुसन्धानबाट खुलेको हो ।

प्रहरीले पक्राउ गरेका रौनियार र सिंह भारतीय सापसुटर हुन् । प्रहरीले सिंहलाई २७ जेठमा २ थान पेस्तोल र त्यसमा लाग्ने ७ राउण्ड गोलीसहित होटलबाट पक्राउ गरेको थियो । अर्का सापसुटर रौनियार भने फरार छन् ।

भारतीय सापसुटर प्रयोग गरि व्यापारी रायको हत्या गराउन लगाउने मुख्य नाइके विराटनगरका मन्नु कुमार गुप्ता रहेको मोरङ प्रहरीका प्रमुख एसपी विश्व अधिकारी जानकारी दिए । अनुसन्धानबाट हत्या गराउन लगाउने मुख्य नाइके ३१ वर्षीय गुप्ता रहेको खुलेपछि प्रहरीले विराटनगरबाट २ असारमा पक्राउ गरेका थियो । गुप्ता पनि खाद्यान्यको कारोबार गर्ने विराटनगरका व्यापारी हुन् । व्यापारीको हत्या गराउन सापसुटर प्रयोग गर्ने पनि व्यापारीनै रहेको खुलेको छ ।
हत्याको योजना बनाए सापसुटर पठाउने सर्लाही गौढैचा नगरपालिका – १ का ५० वर्षीय हरीनारयण झालाई पनि प्रहरीले सर्लाहीबाट असार ३ गते पक्राउ गरेको एसपी अधिकारीले बताए । यस घटनामा पाँच जनाको संलग्न रहेको प्रराम्भिक चरणको अनुसन्धानबाट खुलेको अधिकारीले जानकारी दिए । जसमध्ये तीन जना पक्राउ परेका छन् भने अन्य २ जना फरार रहेका छन् । फरार हुने सिंहसहित व्यापारीको हत्या गर्न आउने सापसुटर रौनियार र भारतदेखि सापसुटर ल्याएर आउने राकेश झा रहेको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरूको पनि खोजी कार्य तीव्र बनाएको छ ।

‘लेनदेन र रिसिबी साध्न गुप्ताले व्यापारी रायको हत्या गर्न सापसुटर प्रयोग गरेको देखिएको छ,’ एसपी अधिकारीले भने, ‘हत्याको योजना पनि भारतको सितामढीबाट बनेको देखिन्छ । पश्चिम नाका हुँदै विराटनगर आएको देखियो ।’ पक्राउ परेका गुप्ता केही सयम अगाडी जवरजस्ती करणी मुद्दामा कैद भुक्तान गरेका अभियुक्त हुन् । ‘करणी मुद्दामा व्यापारी रायले फसायो भन्ने गरेका थिए,’ एसपी अधिकारी भने, ‘त्यही रिसिबी र गुप्तासँग लिएको ३१ लाख लिन हत्याको योजना बनाएको देखिन्छ ।’ पक्राउ परेका गुप्ता पनि विराटनगरमा चालम, दाल, तेललगायतको खाद्यको कारोबार गर्ने व्यापारी हुन् । गुप्ता र रायको सम्बन्ध पनि राम्रो सम्बन्ध थियो ।

यसरी बन्यो हत्याको योजना
व्यापारी रायको हत्या गर्ने योजना गुप्ताले सबैभन्दा पहिला सर्लाहीका हरिनारयण झालाई सुनाएका थिए । झा यस अघि पनि कर्तब्य ज्यान मुद्दामा कैद भुक्तान गरेका अभियुक्त हुन् भने गुप्ता जवरजस्ती करणी मुद्दामा कैद भुक्तान गरेका अभियुक्त हुन् । झा र गुप्ताको चिनजान कैद जीवन विताउँदा सुनसरीस्थित झुम्का कारागारमा भएको हो । व्यापारी रायको हत्या गर्ने योजना गुप्ताले झालाई सुनाए । भारू पाँच लाख रूपैयाँ दिने हो भने सापसुटर झिकाएर काम फत्ते गरिदिने गुप्तालाई झाले विश्वास दिलाए । पाँच लाख दिन गुप्ता तयार भए । झा भारततर्फ उनका गाउँले भाई राकेश झालाई लिएर सापसुटरको खोजीमा हिड्े । भारतको सितामढीमा हरिनारयण र राकेशको भेट सापसुटर कुनालकुमार सिंह र राजु कुमार रौनियारसँग हुन्छ । सितामढीमा बसेर गत जेठको अन्तिम सात व्यापारी रायको हत्याको योजना बनुेका थिए .

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्