बुद्ध एयरको जहाज विराटनगरमा राती बस्न थाल्यो, हरेक दिन विहान ८ बजे उड्ने

बुद्ध एयरको जहाज विराटनगरमा राती बस्न थाल्यो, हरेक दिन विहान ८ बजे उड्ने

विराटनगर । वुुद्ध एयरले विराटनगरको लागि बिहान र बेलुका उडान थप गरेको छ । लामो समयदेखि कुरा उठ्दै आएको विराटनगर गर्ने भनिएको नाईट स्टे पनि शुरु गरेको छ । आईतवारदेखि शुरु भएको नाईट स्टेका लागि हरेक दिन आउने बुद्ध एयरको जहाज बिराटनगरमा राती बस्नेछ ।
साँझ काठमाडौँबाट आउने जहाज बिराटनगर बिमानस्थलमा बस्ने र अर्को दिन बिहान मात्र विराटनगरबाट काठमाडौँको लागि उड्ने बुद्धएयरका स्टेशन म्यानेर कौशल भण्डारीले बताए । लामो समयदेखि बिराटनगरका पर्यटन ब्यवसायीले विराटनगरमा नाईट स्टपको माग राख्दै आएका थिए । हरेक दिन साँझ काठमाडौँबाट आउने जहाज बिहान काठमाडौँको लागि उड्ने छ । विहानको पहिलो उडान डिले नहुने तथा निर्धारित समयमा नै उडान हुने स्टेशन म्यानेजर भण्डारीले बताए ।
विराटनगरमा नाईट स्टप गरेको पहिलो उडानबाट सोमबार ७० जना यात्रु उडेका छन् भने आज ६८ जना यात्रु लिएर उडेका छन् । विहान विराटनगरबाट उडेको जहाज साँझ साँढे ६ बजे विराटनगरमा आएर बस्ने गरेकोले यो उडान नियमित हुने भण्डारीले जानकारी दिए ।

बुद्ध एयर १ घण्टा ४० मिनेट बिराटनगर बस्ने
बुद्ध एयरले अब बिराटनगरलाई प्राथमिकतामा राखेर उडानलाई केही परिमार्जन पनि गरेको जनाएको छ । काठमाडौँबाट दिउँसो ४ बजे उडेको जहाज बिराटनगरमा अवतरण गरेपछि फेरी काठमाडौँ फर्किन १ घण्टा ४० मिनेट बिराटनगरमा बसेर फर्किने ब्यवस्था मिलाईएको बुद्ध एयरले जनाएको छ । ४ बजे काठमाडौँबाट उडेको जहाज साँझ ६ बजे २० मिनेटमा मात्र विराटनगरबाट काठमाडौँ फर्किने ब्यवस्था मिलाईएको म्यानेजर भण्डारीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्