जनताको चाहना र देशको आवश्यकताले पार्टी एकता : नेता बस्नेत

जनताको चाहना र देशको आवश्यकताले पार्टी एकता : नेता बस्नेत

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य घनेन्द्र बस्नेतले दुइ ठुला कम्युनिष्ट पार्टीहरुको एकता जनताको चाहना र आवश्यकताले भएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रतुवामाई नगरकमिटिको सपथग्रहण समारोहलाई मंगलबार सम्बोधन गर्दै नेता बस्नेतले जनताले विकास र समृद्धि चाहेर दुइ पार्टीलाई एक गराएको दावी गरे ।
उनले राजनीतिक आन्दोलन अब देशमा समाप्त भइसकेकाले विकास र समृद्धिको दिशामा अघि बढ्नका लागि अब उत्पदनशिल क्षेत्रमा लाग्न आम कार्यकर्ताहरुलाई निर्देशन दिए । नेकपा मोरङको इन्चार्ज रहेका नेता बस्नेतले विकास र समृद्धिका लागि स्थानीय स्तरबाटनै नेकपाका सवै नेता तथा कार्यकर्ताहरु उत्पादनशिल क्षेत्रमा लाग्न निर्देशन समेत दिए । उनले भन,‘अब तपाईहरु उत्पादनशिल क्षेत्रमा लाग्नुपर्छ । यो नगरलाई समृद्ध बनाउने जिम्मा तपाईहरुकै हो ।’ कार्यक्रममा केन्द्रीय सदस्य गुरु बराल, महेश रेग्मी, गोपी अछामीले पार्टीबाट स्थानीय तहको प्रतिनिधित्व गर्ने सवै जनप्रतिनिधिहरुले पार्टीले बनाउन लागेको कार्यविधि अनुसार काम गर्न निर्देशन दिए ।
उनले सो नगरपालिकामा प्रतिनिधित्व गर्ने आफ्नो पार्टीका सवै जनप्रतिनिधिले कामको गुणस्तरिताको अनुगमन गर्नुका साथै जनताका पिरमर्का बुझेर काम गर्न निर्देशन दिए ।
नेताहरुले विगतमा दुइ पार्टी अलग अलग रहँदाका तित्तता, मनमुटाव, रिस राग पार्टी एकतापछी समाप्त भएकाले अब नयाँ ढंगले अघि बढ्नुपर्नेमा जोड दिए । उनीहरुले नेकपा नेतृत्वको सरकारले देशलाई विद्युत र औद्योगीक उत्पादनमा आत्म निर्भर बनाउदै लगेको बताए ।
उनीहरुले मुलुकलाई समृद्ध बनाउन पनि जहाज र पूर्व पश्चिम रेल सञ्चालनका लागि डिपिआर तयार गरिएको बताउँदै अब चाँडै काम अघि बढ्ने दावी गरे । नेताहरुले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकार मुलुक समृद्ध बनाउन दृढ रहेको बताउँदै यसबाट प्रतिपक्षिहरु आत्तिएको दावी गरे ।
उनीहरुले आफ्नो पार्टीको सरकारलेनै गलत काम गर्ने देशका १७ हजार ठेकेदारलाई कालो सुचिमा राखेको बताउँदै यसबाट अझ नेपाली कांग्रेस डराएको दावी गरे । कार्यक्रममा नेकपा मोरङका अध्यक्ष ऋषिकेश पोखरेलले १७ वटै स्थानीयको पार्टी एकता सम्पन्न गरिएकाले ति स्थानीय कमिटिका नेता तथा कार्यकर्ताहरु अब जनताको सेवामा तदारुकताका साथ खटिन निर्देशन दिए । मंगलबारनै नगर पार्टी कार्याल सञ्चालनमा ल्याइएको बताउँदै सो कार्यालय मार्फत जनताको पिरमर्का बुझेर सेवा गर्न नगरकमीटिका पदाधिकारी तथा सदस्यहरुलाई निर्देशन दिए । उनले भने,‘यो पार्टी कार्यालय केवल झण्डा राख्ने मात्र ठाउँ होइन । यो काम तपाईहरुले गर्नुभएन भने तपाइहरु अयोग्य सावित हुनुहुनेछ । त्यसैले यो अवस्था सृजना हुन दिनुहुनेछैन भन्नेमा पार्टी विश्वस्त छ ।’
उनले सो नगर कमिटिले भदौ १५ गतेभित्रमा वडा कमिटिहरुको एकता सम्पन्न गरिसकेर सो नगरका सवै पार्टी सदस्यको सदस्यता नविकरण गराई सक्न समेत निर्देशन समेत दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्