प्रदेश–१मा विकास निर्माणका कामको वस्तुगत र ठोस ढंगले अनुगमन गरिने

प्रदेश–१मा विकास निर्माणका कामको वस्तुगत र ठोस ढंगले अनुगमन गरिने

विराटनगर । प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले भएका विकास निर्माणका कामहरुको वस्तुगत र ठोस ढंगले अनुगमन गरिने बताउनुभएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आयोजित आर्थिक वर्ष २०७५÷७६ को मन्त्रालयगत समिक्षा तथा आर्थिक बर्ष २०७६÷७७ को बजेट कार्यान्वयन योजनाको प्रस्तुती कार्यक्रमलाई सम्बोधन गर्नुहुंदै उहाँले यस्तो बताउनुभएको हो । मुख्यमन्त्री राईले भइसकेका तथा अब हुने निर्माण कार्यहरुको नागरिकहरुले विल्कुलै नयाँ आँखाबाट निगरानी गरिरहेको बताउनुहुंदै सम्बन्धित सबै जिम्मेबार हुनुपर्ने बताउनुभयो । उहाँले प्रगति विवरण मात्र पेश गरेर ढुक्कसँग बस्ने दिन अब नरहेको बताउनुहुंदै भएका र अब हुने सबै निर्माण कार्यको जुनसुकै तहबाट पनि बस्तुगत र ठोस अनुगमन गरिने प्रष्ट पार्नुभयो । मुुख्यमन्त्री राईले कागजमा मात्र समिक्षा रिपोर्ट र प्रगति विवरण लेखेर उम्कन नमिल्ने बताउनुहुंदै प्रगति विवरण पेशगर्दा जवाफदेहिता सहित पेश गर्न निर्देशन दिनुभयो ।
मुख्यमन्त्री राईले संबिधानसभाबाट संबिधान जारी भएपछि संबिधानको जगमा उभिएर संघीय प्रणालीअन्र्तगत पहिलोपटक आएको जननिर्वाचित सरकारले गरिरहेको कामप्रति सबैको चासो रहेको बताउनुहुंदै सजग हुन आग्रह गर्नुभयो । उहांले गएको बर्ष हासिल भएको ५८ प्रतिशतको उपलब्धिलाई फिल्डमा पुगेर अनुगमन र जाँच गरिने प्रष्ट पार्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्