बिराटनगरको मेरिल्याण्ड कलेजका बेलायतको बिबिएम कोर्षका बिद्यार्थी थाइल्याण्ड जाने

बिराटनगरको मेरिल्याण्ड कलेजका बेलायतको बिबिएम कोर्षका बिद्यार्थी थाइल्याण्ड जाने

बिराटनगर , साउन २९ ,  

पुर्व मै पहिलोपटक बेलायतको विश्वबिद्यालयसंग सहकार्य गरि संचालनमा आएको बिराटनगरको मेरिल्याण्ड कलेजका बिबिएम कोर्षका बिद्यार्थीले बैदेशिक शैक्षिक भ्रमणमा गएर अनुभव प्राप्त गर्ने अवसर पाउदै आएका छन् ।

बिराटनगरको भृकुटी मार्ग स्थित कलेजले गत ५ वर्ष देखि हरेक वर्ष कलेजका बिद्यार्थीहरुलाई विदेश भ्रमणको लागि बेलायतको युनिभर्सिटी अफ वल्भरह्यामटन र थाइल्याण्डको छात्रवृत्ति दिने गरेको छ । यस बर्ष पनि कलेजका २ जना बिद्यार्थी बेलायतको समर क्याम्प सकाएर भर्खरै फर्किएका छन् ।

यस बर्ष पनि बेलायतसंगै कलेजका ६ जना बिद्यार्थी थाइल्याण्ड जाने भएका छन् , युनिभर्सिटी अफ थाई च्याम्बर अफ कमर्सको सहकार्यमा कलेजका ६ जना बिद्यार्थी थाइल्याण्ड जाने कलेजका बिजनेस डेभलपमेन्ट म्यानेजर बिबेक दाहालले जानकारी दिए  । १ हप्ताको थाइल्याण्ड बसाईका क्रममा बिद्यार्थीहरुले युनिभर्सिटी अफ थाई च्याम्बर अफ कमर्समा बिभिन्न शैक्षिक कार्यक्रममा सहभागी हुनेछन् । अक्टोबर १५ देखि २१ सम्म उक्त शैक्षिक भ्रमण हुनेछ ।

इनोभेट नेपाल ग्रुपको व्यस्थापनमा संचालित यस कलेजमा बेलायतको बिजनेस डिग्री (बिबिएम) सर्वशुलभ शुल्कमा अन्तरास्ट्रियस्तरमा नै पढाइ हुदै आएको छ । इनोभेट नेपाल ग्रुपको व्यस्थापनमा मेरिल्याण्ड कलेज बिराटनगर ,इस्लिंग्टन कलेज काठमाडौं , हेराल्ड कलेज काठमाडौं . इटहरी इन्टरनेसनल कलेज र इन्फोम्याटिक्स कलेज पोखरा संचालनमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्