बिराटनगर महानगरले बेबारिसे युवाको उपचार जिम्मा लियो,सामाजिक संजालमा जस पाउन होड

बिराटनगर महानगरले बेबारिसे युवाको उपचार जिम्मा लियो,सामाजिक संजालमा जस पाउन होड

विराटनगर, २९ साउन । कोशी अञ्चल अस्पतालमा बेबारिसे अवस्थामा भेटिएका युवकको उपचार सुरु भएको छ ।
देब्रे खुट्टामा घाउ बोकेर ओखलढुंगा घर बताउँने ३५ वर्षीय शंकर मगर एक साता अघिदेखि अस्पतालको आकस्मिक कक्ष अगाडि वेवारिसे अवस्थामा थिए । उपचारको लागि याचना गरेको लामो समय वित्न लाग्दा पनि उनको उपचारमा कसैले चासो देखाएको थिएन ।
उनको उपचार गर्न कसैले चासो दिएन भन्दै संचार माध्यम र सामाजिक संजलामा उनको पोष्ट गरेको देखेर जिल्ला प्रशासन कार्यालय मोरङले चासो देखाएर उनको उपचार मंगलबारदेखि सुरु भएको छ ।

जानकारी पाए लगतै हामीले उपचार गर्न अस्पताललाई लिखित पत्र पठाएका मोरङ प्रशासनका सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले बताए । उनको उपचार खर्च विराटनगर महानगरपालिकाले व्योहोर्ने भएको छ । विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत एकदेव अधिकारी वेवारिसे अवस्थाका व्यक्तिलाई भर्ना गराउन अस्पताल पुगेका थिए । उनलाई अर्थाेपेडिक वार्डमा भर्ना गरिएको छ । मगरको उपचारको जिम्मेवारी महानगरपालिकाले लिएको उनले बताए । मगर २ साता अघिदेखि अस्पतालको आकस्मिक कक्ष अगाडीको प्रतिक्षालयमा वेवारिसे अवस्थामा बस्दै आएका थिए ।

। भारतको हरियाणबाट फर्कने क्रममा आफूलाई चोट लागेको बताउने वेवारिसे व्यक्तिले भारतमा रहँदा कुल्लीको काम गरेको बताएका थिए । कोशी अञ्चल अस्पतालका मेडिकल सुपर टेण्डेन्ट डाक्टर रोशन पोखरेलले विरामीलाई उपचारकालागि अस्पताल भर्ना गरिएको बताए । कोशी अस्पतालका अर्थाेपेडिक सर्जन डाक्टर यज्ञराज खरेलका अनुसार विरामीको खुट्टा काटेर फाल्नु पर्ने अवस्था रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्