पथरीको लिच्ची डाँडामा रहेको होटलमा आगलागी, ११ लाखको क्षती

पथरीको लिच्ची डाँडामा रहेको होटलमा आगलागी, ११ लाखको क्षती

विराटनगर ।
मोरङको पथरीशनिश्चरे नगरपालिका २ लिच्ची डाँडाको होटलमा आगलागी भएको छ । आगलागीबाट ११ लाख बराबरको क्षती भएको छ । आज बिहान भएको आगलागीमा स्थानीय सुकमाया राईको होटल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
टिनको छानो र बाँसको टाटीको बेराले बनेको एकतले होटलमा बिधुतको तार सर्ट भई अचानक आगलागी हुदा होटल भित्र रहेको किराना सामान, फ्रिज, भाडावर्तन, फर्निचर सहित नगद ५ हजार जलेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
आगो ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोली र स्थानीय तथा दमकदको सहयोगमा नियन्त्रणमा लिईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्