विराटनगरको गुरुकुलमा विद्यालय नाट्य महोत्सव हुने

विराटनगरको गुरुकुलमा विद्यालय नाट्य महोत्सव हुने

विराटनगर साउन ३० ।
आरोहण गुरुकुल विराटनगरको आयोजनामा भदौ २० गतेदेखि २९ गतेसम्म विराटनगर विद्यालय नाट्य महोत्सव २०७६ आयोजना हुने भएको छ ।
हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा हुने सो महोत्सवमा विभिन्न विद्यालयले कक्षा १२ सम्मका विद्यार्थीहरुलाई समावेश गराई तयार पारेको नाटक महोत्सवमा देखाइने जनाईएको छ । महोत्सवमा ९ वटा विद्यालयका एक–एक वटा नाटक दैनिक दुई पटक मञ्चन गरिने र आयोजकको तर्फबाट एउटा नाटक मञ्चन हुने आरोहण–गुरुकुल विराटनगरका अध्यक्ष भैरव क्षेत्रीले जानकारी दिनुभयो । महोत्सवका लागि विद्यालयको तर्फबाट मञ्चन गरिने नाटकहरु विद्यालयमा नाटक प्रशिक्षक नभएको खण्डमा आयोजकले नै निशुल्क तयार गर्न सहयोग गर्ने अध्यक्ष क्षेत्रीले बताउनुभयो ।

महोत्सवका लागि आएका आवेदन मध्येबाट कथावस्तु र अन्य प्राविधिक आधारमा महोत्सव आयोजकले छनौट गर्ने जनाइएको छ । महोत्सवमा सहभागी हुनका लागि विद्यालयले यो लिंकमा  गएर आवेदन दिन सक्नेछन् । साथै आरोहण–गुरुकुल विराटनगरमा सम्पर्क गरेर समेत आवेदन दिन सकिने आयोजकले जनाएको छ । विद्यालय तह देखिनै कला तथा साहित्यमा विद्यार्थीहरुलाई सहभागी गराउने उद्धेश्यका साथ महोत्सव आयोजना गर्न लागिएको अध्यक्ष क्षेत्रीले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्