१९ मंसिर २०७६, बिहीबार

बिराटनगरमा पनि गाईजात्रा बिशेष कार्यक्रम हुदै, राष्ट्रिय कलाकार आउदै

विराटनगर,  साउन ३०। बिराटनगरमा पनि  गाईजात्रा बिशेष कार्यक्रम हुने भएकोछ । कलाकारहरुले बिभिन्न बिषयमा ब्याङ्ग्यात्मक कार्यक्रम सहितको गाईजात्रा बिशेष कार्यक्रम बिराटनगरमा पनि हुन लागेको हो ।

ब्राण्डवर्थ प्रालिले गाईजात्राको अवसरमा प्रदेश–१ को विराटनगरमा  विशेष कार्यक्रम गर्न लागिएको जानकारी दिएको हो ।

मनोज गजुरेल, शैलेन्द्र सिम्खडा, सुरेन्द्र केसी, रवि डङ्गोल, शिवशङ्कर रिजाललगायत कलाकारको प्रस्तुति रहनेछ । कार्यक्रममा चर्चित हास्य कलाकार मनोज गजुरेलले गाईजात्रा सिङ्गो देशको पर्व भएकाले देशभर लैजाने प्रयास गरिएको बताए ।

बिराटनगरको बिरेन्द्र सभागृहमा साउन ३२ कार्यक्रम हुनेछ भने प्रदेश नम्बर १ मा बिराटनगर जेसिसले आयोजनाको जिम्मा लिएको छ ।

सम्बंधित खबरहरु


प्रतिक्रिया लेख्नुहोस