चेल्सीलाई पराजित गर्दै लिभरपुललाई युरोपियन सुपर कप फुटबलको उपाधि

<span class='c1'>चेल्सीलाई पराजित गर्दै लिभरपुललाई युरोपियन</span> <span class='c2'>सुपर कप फुटबलको उपाधि</span>

काठमाडौं । चेल्सीलाई पराजित गर्दै लिभरपुलले युरोपियन सुपर कप फुटबलको उपाधि जितेको छ ।

गएराती टर्कीको इस्तानबुलमा भएको खेलमा लिभरपुल टाई ब्रेकरमा विजयी भयो ।

युरोपियन क्लब फुटबलका दुई ठूला प्रतियोगिता च्याम्पियन्स लिग र युरोपा लिग विजेताको हैसियतमा लिभरपुल र चेल्सीले सुपर कप खेलेका हुन् ।

सुपर कपको निर्धारित समयमा चेल्सीका ओलिभर जिरु र लिभरपुलका सदिायो मानेले एक एक गोल गरेपछि खेल अतिरिक्त समयमा पुग्यो ।

अतिरिक्त समयमा लिभरपुलका माने र चेल्सीका जर्जीनोले एक एक गोल थपेपछि खेल टाई ब्रकेरमा पुगेको हो ।

टाई ब्रकेरमा चेल्सीका ट्यामी अब्राहमको प्रहार लिभरपुलका गोलकिपर एड्रियानले रोकेपछि टोली ५–४ ले विजयी भयो ।

जितसँगै लिभरपुलले सिजनमा शानदार प्रदर्शनलाई निरन्तरता दिंदा चेल्सी लगातार दोस्रो खेलमा पराजित भएको छ ।

गत आइतवार चेल्सीलाई प्रिमियर लिगको सुरुवाती खेलमा म्यान्चेस्टर युनाईटेडले ४–० ले हराएको थियो ।

गएराती सुपर कपको खेलमा भने तुलनात्मक रुपमा अनुभवी खेलाडीहरुलाई सुरुवाती एघारमा राखेको चेल्सीले सुधारिएको प्रदर्शन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्