दुहवीमा शिव मन्दिरका पुजारी मृत भेटिए , पोष्टमार्टमको लागि शव बिराटनगरमा

दुहवीमा शिव मन्दिरका पुजारी मृत भेटिए , पोष्टमार्टमको लागि शव बिराटनगरमा

इटहरी साउन २९ , सुनसरी जिल्लाको दुहवीमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् ।

दुहवी नगरपालिका-१ साहु टोलमा रहेको शिव मन्दिरका पुजारी दुहवी- ५ का ६० बर्षीय तुलाकृष्ण चौधरी मृत भेटिएका हुन् ।

आज बिहान पौने ८ बजेको समयमा उक्त मन्दिरका पुजारी मन्दिर परिसरमा नै मृत अवस्थामा स्थानीयले देखेका थिए ।

स्थानियवासीहरुले जानकारी गराउना साथ ईलाका प्रहरी कार्यालय दुहवीबाट खटिएको प्रहरी टोलीले कानूनी प्रकृया पुरा गरी शव पोष्टमार्टमको लागि कोशी अञ्चल अस्पताल बिराटनगर पठाएको छ भने अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्