मोरङ उर्लाबारी नगरपालिका वार्ड नम्बर २ मा अवस्थित बेतिनी सिमसार को झलक। उर्लाबारी–२ स्थित बेतिनी सिमसार आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ ।सिमसारमा जलयात्रा सेवा शुरु भएसँगै आन्तरिक पर्यटकको आकर्षण बढेको हो । दैनिक ५०० जनाको हाराहारीमा आन्तरिक पर्यटक सिमसार क्षेत्रमा पुग्ने गरेका छन् ।
बेतिनी सामुदायिक वनको हाताभित्र उक्त सिमसार ५८ हेक्टर क्षेत्रफलमा फैलिएको छ ।
तस्बिर सौजन्य :- क्षितिज ढकाल