निमुवामा मोटरसाइकल मोटरसाइकल ठोक्किदा तीन जना घाइते

निमुवामा मोटरसाइकल मोटरसाइकल ठोक्किदा तीन जना घाइते

बिराटनगर साउन ३० ,

बुढीगंगा गांउपालिका–४ कोशी राजमार्ग निमुवामा आज भएको मोटरसाइकल दुर्घटनामा ३ जना घाईते भएका छन । विपरीत दिसाबाट आएको दुई मोटरसाइकल एक आपसमा ठोक्किदा २ पुरुष र १ महिला घाइते भएका हुन । कोशी राजमार्गको नेमुवा सडकखण्डमा विराटनगरबाट इटहरीतर्फ जांदै गरेको बा ९० प ८८७४ र विपरीत दिसा दुहबीबाट विराटनगरतर्फ आउदै गरेको को ३३ प ८४४५ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा को ३३ प ८४४५ का चालक विराटनगर १६ का ४२ बर्षिय दिनेश श्रेष्ठ र बा ९० प ८८७४ नम्बरको मोटरसाइकल चालक निर्भिक भगत र पछाडि सवार सुनसरी दुहबी ३ बस्ने बर्ष २३ की सरिता चौधरी घाईते भएकी छन ।

दुर्घटनामा श्रेष्ठको हातखुट्टामा चोट लागेको छ भने भगत र चौधरीको टाउको र हातमा चोट लागेको छ । घाइते तिनै जनाको टंकीसिनबारीस्थित विराट टिचिंग हस्पीटलमा उपचार भइरहेको ट्राफिक पोष्ट निमुवाका असई तुलामणि आचार्यले जानकारी दिनुभयो ।

सडककोबीचमा भएको खाडल कटाउने क्रममा भगतले चलाएको मोटरसाइकल विपरीत दिसाबाट आउदै गरेका श्रेष्ठको मोटरसाइकलमा ठोक्किएको प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्