काठमाडौं ३० साउन,
प्रहरीले न्युज २४ टेलिभिजनका चर्चित पत्रकार रवि लामिछाने र युवराज कँडेललाई पक्राउ गरेको छ । उनीहरुलाई न्युज २४ को कार्यालयबाट पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय चितवन र काठमाडौं प्रहरी परिसरको टोलीले बिहीबार साँझ टेलिभिजनको कार्यालयबाटै पक्राउ गरेको हो ।
पुडासैनीले मृत्युअघि रेकर्ड गरेको भिडियो बुधबार सार्वजनिक गरिएको भिडियोमा पुडासैनीले रुदैं बारम्बार आफु मर्नुको कारण रबी लामिछाने, अस्मिता कार्की र युवराज कँडेल भएको भनी यी तीन व्यक्तिको नाम बताएका छन् ।
उनीहरुलाई आत्महत्यामा दुरुत्साहन गरेको अभियोगमा अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।