बिराटनगर साउन ३१ ,
बिराटनगरमा फ्लुड आर्ट सम्बन्धी एकदिने तालिम सम्पन्न भएको छ । बिराटनगरको सेन्ट्रल मलमा रहेको स्पाइस लाउन्जमा उक्त कार्यक्रम सम्पन्न भएको हो । बिभिन्न रङको माध्यामबाट गरिने उक्त आर्ट सिक्नको लागि महिलाहरुको उल्लेख्य उपस्थिती रहेको तालिम प्रशिक्षक मृदुला तापड़ियाले जानकारी दिईन। फ्लुड आर्ट तालिममा बिभिन्न कलरको प्रयोग गरि शृङ्गार गरिएको थियो ।