विराटनगरका होटल तथा लजमा प्रहरीको छापा, ५६ जना महिला पुरुष प्रहरी नियन्त्रणमा

विराटनगरका होटल तथा लजमा प्रहरीको छापा, ५६ जना महिला पुरुष प्रहरी नियन्त्रणमा

विराटनगर, ३१ साउन ।
विराटनगरका आधा दर्जन बढी होटलहरुमा प्रहरीले छापा मारेको छ । आज बिहान ११ बजेको समयमा प्रहरीको टोलीले छापा मारेको हो । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले विभिन्न होटल, लज तथा गेष्ट हाउसहरूको आकस्मिक छापा मारेको हो । प्रहरी चेकजाँचको क्रममा शंकास्पद रूपमा बसेका २७ जना महिला र २९ जना पुरूष गरी ५६ जनालाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी राजकुमार खिउजुले जानकारी दिए । प्रहरीले नियन्त्रणमा लिएका ब्यक्तिहरु मध्ये केही ब्यक्तिहरूलाई नियन्त्रणमा लिए लगत्तै छाडिएको जनाएको छ । केही ब्यक्ति अनुसन्धानको दायरामा रहेकोले भोली छाडिने डिएसपी खिउजुले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्