मोरङ व्यापार संघको वृक्षारोपण अभियान शुरु, १० हजार विरुवा रोप्ने

मोरङ व्यापार संघको वृक्षारोपण अभियान शुरु, १० हजार विरुवा रोप्ने

विराटनगर, ३१ साउन ।
पर्यावरण प्रबद्र्धन आजको प्रमुख आवश्यकता रहेको महशूस गर्दै मोरङ ब्यापार संघले बृक्षारोपण अभियान शुरु गरेको छ । संघको १० हजार बोट विरुवा वृक्षारोपण गर्ने अभियान अन्तरगत पहिलो चरणमा शुक्रबार सूर्यदल गण थलाहा व्यारेक कटहरीमा एक हजार बिरुवा बृक्षारोपण गरेको हो ।
फलफूल तथा अन्य बोट विरुवाहरु वृक्षारोपण गरी आफ्नो अभियानको शुभारम्भ गरेको संघका अध्यक्ष प्रकाश मुण्दडाले जानकारी दिए ।
प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कुमार कार्कीले वृक्षारोपणको शुभारम्भ गरेसँगै अभियान अघि बढेको थियो । संघका अध्यक्ष मुण्दडाले उद्योग व्यवसायको प्रबद्र्धनका क्रियाकलापहरुमा सक्रीय रहनुका साथै वातावरण एवं पर्यावरण संरक्षण गर्नु पनि सबैको दायित्व रहेको बताए । उनले वृक्षारोपण गर्नु भन्दापनि रोपिएका बोट विरुवाहरुको संरक्षण गर्नु पनि उत्तिकै महत्वपूर्ण रहेको बताउँदै वृक्षारोपण गरिएका बोट विरुवाहरुको संरक्षण र प्रबद्र्धनकालागि उक्त गणले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । पहिलो चरणको अभियान सुर्यदल गणबाटै शुरु गरेकोले यो अभियानलाई निरन्तरता दिईनेल मुण्दडाले बताए ।
आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कुमार कार्कीले अभियान अत्यन्त प्रशंसनीय रहेको बताए । संघले थालनी गरेको अभियानबाट आफू अत्यन्त हर्षित भएको बताउँदै आगामी दिनमा यस किसिमका कार्यक्रमहरुमा आफ्नो मन्त्रालयले सदैव सहकार्य गर्न तत्पर रहेको जानकारी दिए ।
प्रदेश सरकारले पनि वृक्षारोपण अभियानका कार्यक्रमहरु संचालन गर्दै आएकोमा संघबाट पनि शुरु हुनुले सँगै सहकार्यको लागि काम गर्न तयार रहेको कार्कीको भनाई छ ।
वृक्षारोपण कार्यक्रमको सहयोगीको रुपमा एशियन थाई फुड्स रहेको छ । साथै सुर्यदल गण, थलाह व्यारेकका प्रमुख सेनानी रघुनाथ पौडेलले वृक्षारोपण गरिएको विरुवाको संरक्षणको दायित्व अब कणमा आएको बताउँदै संरक्षण पाउने बताए ।

कार्यक्रमको सहयोगीको रुपमा रहेको एशियन थाई फुड्स प्रा.लि.का प्रबन्ध निर्देशक तथा मोरङ व्यापार संघका पूर्व अध्यक्ष महेश कुमार जाजूले यस्ता किसिमको कार्यक्रमलाई आगामी दिनमा पनि आफू लगायत आफ्नो संस्थाले पूर्ण सहयोग गर्ने बताए । उनले संस्थाको तर्फबाट तीनसय फलफूलका विरुवाहरु हस्तारन्तरण गरिएको बताए ।
उक्त वृक्षारोपण कार्यक्रममा प्रदेश सभाका सदस्य, विराटनगर महानगरपालिकाका उप–मेयर इन्दिरा कार्की लगायत, प्रदेश वन तथा वातावरण मन्त्रालयका सचिव सहित जिल्लाका सुरक्षा निकाय सहित उद्योगी ब्यापारी लगायतको उपस्थिती थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्