विराटनगरमा रथयात्राको तयारी भव्य, यस बर्ष पनि हेलिकप्टरबाट पुष्पअर्पण गराइने

विराटनगरमा रथयात्राको तयारी भव्य, यस बर्ष पनि हेलिकप्टरबाट पुष्पअर्पण गराइने

विराटनगर ३२ साउन।

भगवान् राधाकृष्णको रथयात्राका लागि विराटनगरमा भव्य तयारी भइरहेको छ । श्रीकृष्ण जन्माष्टमीका अवसरमा भदौ ७ गते अपराह्न निस्कने यस वर्षको रथयात्रामा हेलिकप्टरबाट पुष्पअर्पण गर्ने व्यवस्था मिलाइएको आयोजकले जनाएको छ ।

विशेष पूजापाठ गरी उल्लासमय वातावरणमा नगर परिक्रमाका लागि निकालिने रथ यात्राले विराटनगर महानगरपालिको विभिन्न ठाउँ परिक्रमा गर्ने भएको छ । सो रथ तान्न हजारौँ सङ्ख्याका युवायुवती झुम्मिने गर्दछन् । मन्दिर परिसरबाट युगल मूर्तिलाई रथमा विराजमान गराइ गरिने राथयात्राका लागि नगर क्षेत्रका अधुरा सडक व्यवस्थित गर्न महानगरपालिका लागिपरेको छ ।

रथयात्राको मार्गमा पर्ने सडकको दुवै पेटीमा हजारौँ श्रद्धालुका साथै आ–आफ्ना भवनको छत र कौशीबाट पनि रथमाथि फुल तथा जलअर्पण गर्ने गरिन्छ । रथयात्रामा विभिन्न मन्दिर एवं धार्मिक संस्थाका रथ र कलशयात्राका साथै दर्जनौँ संस्कृतिक झाँकी र नाचका टोलीलगायत श्रद्धालु भक्तजन पनि सहभागी हुने गर्दछन् । भक्तजनलाई विभिन्न ठाउँमा सङ्घसंस्था र क्लबले निःशुल्क चिसो पेय पदार्थ वितरण गर्ने गर्दछन् ।

मोरङ, झापा र सुनसरीका साथै सीमावर्ती भारतीय क्षेत्रबाट समेत गरी हजारौँ श्रद्धालु भक्तजन रथयात्रामा सहभागी हुन आउने भएकाले तीनको सुरक्षाको व्यवस्था पनि मिलाइने भएको छ । विसं १९८८ देखि राधाकृष्णलाई खटमा राखी घुमाउने गरिएकाे र विसं २०२५ देखि रथयात्राको रुपमा परिणत गरिएको थियो ।रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्