आज हाँस्न जाने हैन ? बिराटनगरमा आज गाईजात्रा बिशेष कार्यक्रम हुदै

आज हाँस्न जाने हैन ? बिराटनगरमा आज गाईजात्रा बिशेष कार्यक्रम हुदै

विराटनगर,  साउन ३२। बिराटनगरमा आज  गाईजात्रा बिशेष कार्यक्रम हुदै छ । कलाकारहरुले बिभिन्न बिषयमा ब्याङ्ग्यात्मक कार्यक्रम सहितको गाईजात्रा बिशेष कार्यक्रम बिराटनगरमा  हुन लागेको हो ।

ब्राण्डवर्थ प्रालिले गाईजात्राको अवसरमा प्रदेश–१ को विराटनगरमा  विशेष कार्यक्रम गर्न लागिएको जानकारी दिएको हो ।

मनोज गजुरेल, शैलेन्द्र सिम्खडा, सुरेन्द्र केसी, रवि डङ्गोल, शिवशङ्कर रिजाललगायत कलाकारको प्रस्तुति रहनेछ । कार्यक्रममा चर्चित हास्य कलाकार मनोज गजुरेलले गाईजात्रा सिङ्गो देशको पर्व भएकाले देशभर लैजाने प्रयास गरिएको बताए ।

बिराटनगरको बिरेन्द्र सभागृहमा आज बेलुकी ४ बजे  कार्यक्रम हुनेछ। कार्यक्रमको लागि सबै कलाकार बिराटनगर आइसकेका छन् ।

प्रदेश नम्बर १ मा बिराटनगर जेसिसले आयोजनाको जिम्मा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्