बिराटनगरको महेन्द्र मोरंग कलेजका बिद्यार्थीले जिते स्पिक अप

बिराटनगरको महेन्द्र मोरंग कलेजका बिद्यार्थीले जिते स्पिक अप

बिराटनगर साउन ३१ , बिराटनगरको महेन्द्र मोरंग कलेजका छैठौ ब्याचका बिद्यार्थीको आयोजनामा बिराटनगरका बिबिए र बिआइबीएम कलेजहरुको स्पिक अप कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । बिरेन्द्र सभागृहको  प्राङ्गणमा भएको उक्त प्रतियोगितामा बिराटनगरको महेन्द्र मोरङ कलेजले पहिलो स्थान प्राप्त गर्न सफल भएको छ भने दोस्रोमा मेरिल्याण्ड कलेज बिराटनगर र तेस्रो स्थानमा एडेनबर्ग कलेज पर्न सफल भएको छ  ।

बिराटनगरमा बिद्यार्थी तहबाट उठेर सामाजिक समस्याहरु विरुद्द जनचेतना फैलाउनका लागि “स्पिक अप” प्रतियोगिता आयोजना भएको हो | कार्यक्रममा महेन्द्र मोरङका बिद्यार्थीले नाटक प्रस्तुत गरेका थिए भने दोस्रो हुने मेरिल्याण्ड कलेजका बिबिएमका बिद्यार्थीले बालबालिका लाई रजस्वला समन्धी सचेतना बिषयमा प्रस्तुति दिएका थिए  । कार्यक्रमका निर्णायकमा भरत गुराहाई , संजु साह र बैंकर ऋषिकेश भण्डारी  रहनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्