बिरामीको मन जित्दै विराटनगर आँखा अस्पताल ,उपचारको लागि आउने ६० प्रतिशत भारतीय

बिरामीको मन जित्दै  विराटनगर आँखा अस्पताल ,उपचारको लागि आउने  ६० प्रतिशत भारतीय

विराटनगर । बहिनीको उपचारका लागि विराटनगर आँखा अस्पताल आएका भारतको झारखण्ड राज्यका विशाल सरकारलाई यहाँको उपचार सेवा निक्कै चित्त बुझेको छ ।

नेपालमा आँखाको उपचार राम्रो हुन्छ भन्ने सुनेर आफन्तबाट उहाँ बिरामी बहिनीलाई लिएर विराटनगर आउनुभएको हो । ‘उपचार राम्रो हुन्छ विराटनगर जाउ भनेर आफन्तले भनेपछि यहाँ आएँ, बहिनीको मोतीबिन्दुको शल्यक्रिया गर्नुपर्नेछ । अहिलेसम्म राम्रै उपचार भैरहेको छ, मंगलबार मोतीबिन्दुको अप्रेशन छ’, उहाँले भन्नुभयो ।

उहाँ उपचारकै लागि पहिलो पटक नेपाल आउनुभएको हो ।  उहाँ मात्रै होइन, नेपालका आँखा अस्पतालको भरपर्दो र गुणस्तरीय सेवाकै कारण सीमावर्ती भारतीय गाउँ मात्रै होइन, भारतका अन्य क्षेत्रका आँखाका बिरामी पने उपचारका लागि आउन् गर्छन् ।

अस्पतालमा धेरै भारतीय

धेरैजसो रोगको उपचारका लागि नेपालीहरु भारत तथा विदेशका अरु ठाउँ पुग्ने गर्छन् । तर आँखाको उपचारका लागि भने भारत तथा अरु देशबाट समेत बिरामी नेपाल आउँछन् । भारतबाट बस नै रिजर्भ गरेर समेत बिरामी नेपाल आउने गरेको उदाहरण छ ।

आँखाको उपचारका लागि विदेशको कुरा छाडौँ, काठमाण्डौसम्म पनि धाउनु पर्दैन ।  तराईका जिल्ला जिल्लामा बिस्तार भएको सेवाले नेपालीसहित भारतीय नागरिकलाई पनि उपचारमा पहुँच पुगेको हो ।

सबैभन्दा धेरैको संख्यामा विराटनगर आँखा अस्पतालले दैनिक १ हजार ५ भन्दा बढी बिरामीको आँखा परीक्षण र उपचार गर्दै आएको छ । तीमध्ये झण्डै ६० प्रतिशत भारतीय नागरिक हुन्छन् ।

अहिले विराटनगर आँखा उपचारको हब नै बनेको अस्पतालका डाक्टर सञ्जय सिंह बताउनुहुन्छ । ‘सगरमाथा आँखा अस्पतालले सुरुमा कमाएको ख्याती र छिमेकी भारतबाट आएका नागरिकले जुन रुपमा उपचार पाएका थिए, अहिले त्यसैको प्रचार हुँदा विराटनगरले पनि विश्वास जितेको छ’, उहाँले भन्नुभयो । विराटनगर जस्तै सीमा क्षेत्रका अरु अस्पतालले पनि यसैगरी विश्वास जित्दै आएको छ ।तराईमा नेपाल नेत्र ज्योति संघबाट सञ्चालन भएका १५ वटासहित १७ वटा आँखा अस्पताल छन् । मेची आँखा अस्पताल झापा, सगरमाथा आँखा अस्पताल सिरहा, विराटनगर आँखा अस्पताल मोरङ, जानकी आँखा अस्पताल धनुषा, गौर आँखा अस्पताल रौतहट, केडिया आँखा अस्पताल बारा, भरतपुर आँखा अस्पताल चितवन, परासी आँखा अस्पताल नवलपरासीले नेपालीसहित भारतीय नागरिकलाई पनि उपचार दिँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्