विराटनगरमा भएको वक्तृत्वकलामा आयूष र चित्रकलामा आकाश प्रथम

विराटनगरमा भएको वक्तृत्वकलामा आयूष र चित्रकलामा आकाश प्रथम

विराटनगर । प्याब्सन विराटनगरले आयोजना गरेको वक्तृत्वकला र चित्रकला प्रतियोगिता शनिबार सम्पन्न भएको छ । प्रतियोगितामा सगरमाथा स्कूलका आयुष पोखरेल, ज्ञानसारथी विद्या पिठकी निमिशा बाुढाथोकी द्धितीय र तृतीय लर्डबुद्ध निकेतनको प्रिता सिवकोटी भए । सोही प्रतियोगिताको सान्त्वना पुरस्कार पोलस्टार स्कुलका इशा पोखरेल र मोर्डन एराका विश्वमणि पोखरेल घोषित भए ।
त्यस्तै जुनियरतर्फको चित्रकला तर्फको प्रथम ए–वान क्वालीटिका आकाश राई, सिद्धार्थ शिशु सदनका देवराज रजक द्धितीय र ग्रेडेड स्कुलका रौनक कामत तृतीय भए ।
सान्तवना सप्तकोशीका सुप्रिया पौद्दार र डिएपी श्रेया सिंह भइन् । चित्रकला सिनियरतर्फ प्रथम डिपीएसका समिक्षा गुप्ता, द्धितीय जेम्स स्कूलका विनम राइ र तृतीय डिएभीकी सानिया चिरानिया भइन् ।
सान्तवना हुनेहरुमा सिद्धार्थ शिशु सदनकी रुपा शाहा बुढानिलकण्ड स्कूलका सुजता परियार र सगरमाथाका सुवास राउत घोषित भएको प्याब्सन विराटनगरका सचिब अर्जुन श्रेष्ठले जानकारी दिए । विजेता हुनेहरुले ट्रफि तथा प्रमाणपत्र प्राप्त गरेका थिए । प्रतियोगितामा बिजेता हुनेहरुले प्याब्सन मोरङले आयोजना गर्ने जिल्लास्तरीय वक्तितोकला र चित्रकलामा भदौ ५ गते पथरीमा हुने जिल्ला स्तरीय प्रतियोगितामा भाग लिन पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्