गाईजात्रा विशेष : विराटनगर विरन्द्रसभा गृह हाँसोमय (फोटो फिचर)

गाईजात्रा विशेष : विराटनगर विरन्द्रसभा गृह हाँसोमय  (फोटो फिचर)

विराटनगर । राजनीतिक तथा सामाजिक व्यङ्ग्यमार्फत हसाउँदै जनतामा चेतना जाग्रित गराउने उद्देश्यले आयोजना गरिएको ‘प्रदेश प्रदेशमा गाई जात्रा’ कार्यक्रम विराटनगरको विरन्द्रसभा गृह हाँसोमयले छाएको छ ।

विराटनगर जेसीजको सहकार्यमा विराटनगरमा शनिबार भएको ‘प्रदेश प्रदेशमा गाई जात्रा’ मा कलाकलाहरुले विराटनगरबासीलाई पेट मिचि मिचि हसाएका थिए । कार्यक्रममा प्रदेश एकका मुख्य मन्त्री शेरधन राई , सामाजिक विकास मन्त्री जिवन घिमिरे लगायतको उपस्थित रहेको थियो ।

विरेन्द्रसभागृको हल खचाखच भरीएका दर्शकहरु कलाकारहरुको व्याङगत्यमक प्रस्तुतीले उपस्थित हजारौ दर्शकले भरपुर मनोरन्जन लिएका थिए । प्रदेश १ बाट सुरु भएको गाइ जात्रा कार्यक्रम ७ वटै प्रदेशमा मन्चन हुने जनाईएको छ । गाइर्् जात्रामा चर्चित हास्यकलाकार मनोज गजुरेलसँगै शैलेन्द्र सिंखडा, सुरेन्द्र केसी, रवि डङ्गोल, यमन श्रेष्ठ, पूर्ण थापा, शिवशंकर रिजाल, सुवोध गौतम, सन्ध्या बुढा, सुमन कार्की, रविना अधिकारीले आ–आफ्नो प्रस्तुती प्रस्तुत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्