विराटनगरबाट शुरु भयो ‘एक उडान सकारात्मकता तर्फ’

<span class='c1'>विराटनगरबाट शुरु भयो ‘एक</span> <span class='c2'>उडान सकारात्मकता तर्फ’</span>

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले राष्ट्र र समाजको विकासका लागि युवाले जिम्मेवार भएर अघि बढ्नुपर्ने बताएका छन् । उदयन नेपालद्वारा  आयोजित ‘एक उडान सकारात्मकता तर्फ’ कार्यक्रमको शुभारम्भ एवं उद्घाटन गर्दै उनले निष्ठावान र इमानको जगमा उभिएर क्रियाशील हुने व्यक्तिले नै सफलता पाउने बताए ।

उनले विगत सुखद नरहेको प्रसङ्ग उल्लेख गर्दै अस्थिरता र द्वन्द्वले मुलुकको विकास नभएकाले अब युवा राष्ट्र निर्माणमा लाग्नुपर्नेमा जोड दिए । उनले युवालाई उद्यमशीलतासँग जोड्न प्रदेश सरकारले  २० करोड विनियोजन गरेको जानकारी दिँदै युवालाई समाजप्रति जवाफदेही बनाउन र १० वर्षमा वैदेशिक रोजगारीमा जाने युवालाई रोक्न विनियोजित रकमले मद्दत पुग्ने बताए ।

समाजिक विकासमन्त्री जीवन घिमिरेले नयाँ नेपालको निर्माण नयाँ पुस्ताले मात्र गर्न सक्ने बताए । उनले युवाले आफ्नो समय र अवसरलाई उच्चतम प्रयोग एवं उपयोग गर्नुपर्ने सुझाव दिँदै युवालाई सिर्जनशील काममा लाग्न आग्रह गरे ।

उद्योग सङ्गठन मोरङका अध्यक्ष भीम घिमिरे, नेपाल पत्रकार महासङ्घ प्रदेश अध्यक्ष विक्रम लुइँटेल, मोरङ व्यापार सङ्घका अध्यक्ष प्रकाश मुन्दडा, अभिभावक सङ्घका प्रदेश अध्यक्ष देवी पन्थी र उदयन नेपालका अध्यक्ष अनुपमा बाँस्तोलाले यस संस्थाका माध्यमबाट युवालाई नैतिक र व्यवहारिक ज्ञान प्रदान गरी प्रदेशभरि सो अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए ।   बाँस्तोलाले युवाहरुलाई लक्षित गरि शुरु भएको कार्यक्रम बिद्यालय स्तरमा हुने र शिक्षालाई प्राथमिकतामा राखिएको जानकारी दिईन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्