विराटनगरको माहेश्वरी युवा मञ्चको अध्यक्षमा श्रीप्रकाश तोतला चयन

विराटनगरको माहेश्वरी युवा मञ्चको अध्यक्षमा श्रीप्रकाश तोतला चयन

विराटनगर । माहेश्वरी युवा मञ्चको अध्यक्षमा श्रीप्रकाश तोतला चयन भएका छन् । बिराटनगरमा लामो समयदेखि सामाजिक क्षेत्रमा काम गर्दै आएको मञ्चको अध्यक्षमा उनी चउन भएका हुन् । गएराती विराटनगरको होटल ह्यारिसनमा सम्पन्न भएको साधारणसभाबाट उनी निर्विरोध चयन भएका हुन् ।
उनीसँगै प्रथम उपाध्यक्षमा जतिन राठी, द्धितीय उपाध्यक्षमा किसान हेड्डा, महासचिव अंकित मारु, कोषाध्यक्षमा अजय राठी लगायत ३१ सदस्य समिति चयन भएको हो ।
कार्यक्रममा महेश जाजु, शिव प्रतानी, पवन सारडा, बिणीगोपाल मुण्दडा लगायतका १२ जना पुर्ब अध्यक्षहरुको उपस्थिती रहेको थियो । त्यस्तै मञ्चमा आबद्ध भएर लामो समयसम्म काम गर्दै आएका ब्यक्तिहरुले सामाजिक सेवामा मञ्चले भुमीका खेल्ने बताए ।
मञ्चको २२ औ साधारण सभाबाट २३ औ अध्यक्षको रुपमा चयन भएका तोतलाले सामाजिक काममा महत्वपुर्ण भुमिका खेल्दै आएको संस्थालाई अझ प्रभावकारी र सक्रियताका साथ अगाडी बढाउने प्रतिबद्धता जनाए । उनले समुहलाई प्रभावकारी परिचालन गर्दै अहिलेसम्म भएको कामलाई निरन्तरता दिँदै नयाँ योजनाका साथ अघि बढ्ने उनको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्