युवा तथा व्यवसायी स्वरोजगार कोषद्वारा रंगेलीमा ३४ जना युवालाई सहयोग हस्तान्तरण

युवा तथा व्यवसायी स्वरोजगार कोषद्वारा रंगेलीमा ३४ जना युवालाई सहयोग हस्तान्तरण

रविन्द्र बराल
रंगेली । नेपाल सरकार युवा तथा व्यवसायी स्वरोजगार कोष सचिवालयले मोरङको रंगेलीमा एकदिने अभिमुखिकरण तालिम सम्पन्न गरेको छ । रंगेली ६ मा अवस्थित मधुवनी प्राथमिक विद्यालय भवनमा संचालित कार्यक्रममा युवा उद्यमशिलताको क्षेमा चासो देखाउने ब्यक्तिहरुको सहभागीता थियो ।
युवा तथा साना व्यवसायी स्वरोजगार कोष र ग्रामलक्ष्मी बचत तथा ऋिण सहकारी संस्था बिच भएको सम्झौता अनुसार ५० लाख रुपैयाँ कर्जा सम्झौता भएको छ । सम्झौता पश्चात पहिलो किस्ता वापत २५ लाख निकासा भए पछि कार्यबिधि अनुसार वितरण भएका ब्यक्तिहरुलाई अभिमुखिकरण सँगै चेक हस्तान्तरण गरिएको थियो ।
युवा तथा साना व्यवसायी स्वरोजगार कोष अनुसार रंगेली नगरपालिका, सुनवर्सी नगरपालिका, रतुवामाई नगरपालिका र धनपालथान गाउँपालिका भित्र रहेका पशु व्यवसाय, कृषि व्यपसाय लगायत साना ब्यवसायमा रहेका ३४ जना ब्यक्तिहरुलाई व्यवसायका आधारमा ५० हजार देखि १ लाख रुपैयाँसम्म उपलब्ध गराईएको छ ।
कार्यक्रममा ईश्वर वचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष तथा स्वरोजगार कर्जा परिचालक सदस्य कौलाश कोईरालाले युवा लक्षित कार्यक्रम अनुसारको ब्यवसायका आधारमा रकम उपलब्ध गराईएको हो ।
सोही क्रममा ईन्जिनियर कमलेश्वर ठाकुर, सुमन आचार्य, सन्तोष कुमार मंन्डल, अशोक कुमार मंन्डल लगायतले नयाँ ब्यवसायीलाई थप उर्जाको साथ काम गर्न हौस्याउँदै प्रभावकारी काम गर्न आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्