रंगेली बजारमा सिसि क्यामेरा जडान, निगरानी नगरपालिले गर्दा जनताले सुरक्षा पाउलान् ?

रंगेली बजारमा सिसि क्यामेरा जडान, निगरानी नगरपालिले गर्दा जनताले सुरक्षा पाउलान् ?

रंगेली । मोरङको रंगेली नगरपालिकाको नर क्षेत्रमा सिसी क्यामेरा जडान भएको छ । मुख्य बजारमा अपराध नियन्त्रण , दुर्धटना, चोरी लगायतका गतिविधि नियन्त्रण गर्ने उदेश्यले सिसी क्यामेरा जडान गरिएको रंगेली नगरपालिकाले जनाएको छ । नगरपालिकाले रंगेली–विराटनगर सडक खण्ड अन्तर्गत रंगेली प्रवेश गर्ने मुख्य ठाउँ र मुख्य बजारका ६ स्थानमा सिसी क्यामेरा जडान गरेको हो ।

रंगेली नगरपालिकाको करिव १७ लाखको लागतमा सिसी क्यामेरा जडान गरिएको छ । बजारको पर्वमा तित्रीटोल जाने सडक, बसपार्क, छोटी भन्सार , भोटुवाबु चौक र नगरपालिका अगाडी सिसि क्यामेरा जडान गरेको छ । मुख्य बजारमा कुनै पनि घटना नियन्त्रण गर्न तथा प्रहरीलाई अपराध अनुसन्धानका लागि थप सहयोग पुग्ने नगरपालिकाका मेयर दिलिप बगडियाले बताए ।
बजारमा सिसी क्यामेरा जडान भएसँगै स्थानीय भने खुसी भएका छन् । स्थानीय कमलेश मण्डलले सिसि क्यामेरा जडान गरिएकोमा नगरपालिकालाई धन्यवाद दिँदै सिसी क्यामेराको निगरानीको जिम्मेवारी प्रहरीलाई दिईनु पर्ने बताए । बजारभरी सिसी क्यामेरा जडान गरेको भएपनि त्यसको अनुगमन र निगरानी गर्ने संयन्त्र नगरपालिकामा राखिएको छ । शान्ति सुरक्षाको जिम्मेवारी प्रहरीको भएकोले त्यसको निगरानीको पनि जिम्मेवारी प्रहरीलाई नै दिनु पर्छ, उनले भने ।
मुख्य बजार क्षेत्रमा जडान गरिएको सिसि क्यामेराको नियन्त्रण नगरपालिकाका मेयर दिलिप बगडिया र कार्यकारी टोमप्रसाद सुवेदीको कार्यकक्षमा राखिएको छ ।
ईलाका प्रहरी रंगेलीका प्रहरी निरीक्षक लेखनाथ दाहालले सिसी क्यामेराको मोनिटर प्रहरीको नियन्त्रणमा राख्न आफुले नगरपालिकालाई जानकारी गराईसकेको बताए । प्रहरीलाई नै निगरानी गर्न दिने आश्वासन आएको भएपनि त्यसको मोनिटर नगरपालिका कार्यालयमा राखिसकिएकोले प्रहरीमा आउनसक्ने संभावना न्युन रहेको बताईन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्