कानेपोखरीमा जनमुखी सहकारीबाट पाँचलाख चोरी, चोरले सिसि क्यामेराको हार्डडिक्स पनि छोडेन

कानेपोखरीमा जनमुखी सहकारीबाट पाँचलाख चोरी, चोरले सिसि क्यामेराको हार्डडिक्स पनि छोडेन

विराटनगर । मोरङको कानेपोखरीमा रहेको जनमुखी बचत तथा ऋण सहकारी संस्थाबाट गएराती सवा ५ लाख चोरी भएको छ । कानेपोखरी गाउँपालिका वडा नं. –७ बरगाछीमा रहेको जनमुखी साकोसबाट ५ लाख २५ हजार ५१ रुपैया चोरी भएको मोरङ प्रहरीले जनाएको छ ।
साकोसको पूर्वपटिको झ्यालको पल्ला र ग्रिल तोडेर भित्र चोरी भएको हो । बचत परिचालक रमेश शिवाकोटीले आइतबार विहान ७ बजे संस्था खोल्दा भित्र तोफोड भएको देखेपछि चोरी बारे अरुलाई खबर गरेका थिए । शिवाकोटीले साकोसको हिसाबका लागि विहानै कार्यालय आउँदा चोरीको बारेमा जानकारी भएको बताए । चोरको समूहले कार्यालयमा जडान गरेको सिसी क्यामेराको तार काटेर हार्डडिक्स चोरी भएको उनले बताए ।
चोरले सिसि क्यामेराको तार काटेर हार्डडिक्स लानुका साथै सेभको चाबी लगाउने ठाउँबाट फोडेर रकम चोरी गरेको पाइएको इलाका प्रहरी कार्यालय पथरीका इस्पेक्टर रामबहादुर ढकालले बताए ।
कार्यालय भित्रको सामान छरिएको अवस्थामा नभएकोले यहाँ चोरी गर्ने चोर पेसेवर भएको हुनसक्ने प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय पथरीको टोलीले विहानै चोरी भएको स्थलमा पुगेर अनुसन्धान शुरु गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्