विराटनगरको सेन्ट्रल मलमा उपभोत्तालाई भाग्यको चक्र

विराटनगरको सेन्ट्रल मलमा उपभोत्तालाई भाग्यको चक्र

विराटनगर १ भदौ । विराटनगरमा रहेको सेन्ट्रल मलले आफ्ना ग्राहकहरुका लागी भदौ महिनादेखि नयाँ अफर ल्याएको छ । सेन्ट्रल बजारले नयाँ अफर अन्तर्गत आफ्ना ग्राहकहरुका लागी १५ सय वा सो भन्दा माथीको सामान खरिद गर्दा स्पिन एण्ड वीन भन्ने अफरमा सहभागी भई विभिन्न सामान र क्यास भौचर पाउनेछन् ।

१५ सय वा सो भन्दा बढीको सामान खरिद गरे वापत क्यास भौचर देखि फिल्मको टिकट फ्रिमा पाउने छन् । त्यसैगरी पहिलो तल्लामा रहेको फेशन प्रोडक्टसमा ५ हजार वा सो भन्दा बढी खरिद गरे वापत १५ प्रतिशत छुटको व्यावस्था रहेको सेन्ट्रल बजारले जनाएको छ । यस अघि पनि सेन्ट्रल बजारले आफ्ना ग्राहकहरुका लागी विभिन्न अफर ल्याउदै आएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्