के हुदैछ विराटनगरमा ५ दिनपछि निकालिने ‘५२ औँ रथ यात्रा ’ को तयारी…

के हुदैछ विराटनगरमा ५ दिनपछि निकालिने ‘५२ औँ रथ यात्रा ’ को तयारी…

प्रेम देवान
विराटनगर २ भदौ । ५२ औं रथ यात्राको तयारी यतिवेला तिव्र रुपमा अगाडी बढाईदैछ । विराटनगरमा आगामी भदौ ७ गते निकालिने रथ यात्राको तयारी यतिवेला रथको रङ्गरोगन गर्नेदेखि बाटोघाटोको कामलाई तिव्र रुपमा अगाडी बढाईदैछ ।


श्री कृष्ण जन्म अष्ठमीको भोलीपल्ट विराटनगरमा निकालिदै आएको ऐतिहासिक राधाकृष्ण रथयात्रामा यसपटक प्रदेश सरकारले हेलिकप्टर सहयोग गर्ने भएको छ । ।
ऐतिहासिक एव धार्मिक महत्वको राधाकृष्ण रथ यात्राको समयमा रथले तय गर्ने मार्गमा हेलिकप्टरबाट पुष्प गुच्छा बर्षाइने श्रीराधाकृष्ण मन्दिर समितिका अध्यक्ष बाबुराजा ओझाले जानकारी दिए । ओझाका अनुसार हेलिकप्टरबाट करिब आदा घन्टा रथ कुदाउने मार्गमा पुष्प गुच्छा बर्षाईनेछ ।
हेलितयारी अन्तिम चरणमा पुगेको छ । समितिले सोमबार विराटनगरमा पत्रकार सम्मेलन गरी रथयात्रा सम्पन्न गर्न विभिन्न १७ वटा उपसमिति निर्माण गरेको समितिका अध्यक्ष बाबुराजा ओझाले जानकारी दिए ।

[caption id="attachment_93556" align="alignnone" width="772"] राधाकृष्ण मन्दिर समितिका अध्यक्ष बाबुराजा ओझा ।[/caption]

राधाकृष्ण मन्दिरबाट आमागी भदौ ७ गते निकालिने रथयात्राको रुट समेत तय गरिएको छ । साविकको मेनरोड हुदै महेन्द्र चौक, धरानरोड, वरगाछी हुदैे सात किलो मिटरको यात्रा पुरा गरी पुन मन्दिर परिषरमा आएर रथयात्रा विसर्जन हुने ओझाले बताए । रथयात्रा सञ्चालनका लागि मुख्य ४० स्थानमा विश्रामस्थल तय गरिएको छ ।

[caption id="attachment_93557" align="alignnone" width="1280"] विराटनगरको हिमालय रोड रथ कुदाउन मिल्ने बाटो बनाउने तयारी गरिदै ।[/caption]

रथ कुदाईने बाटोमा यतिबेला बालुवा र गिटी भर्ने काम भईरहेको छ । ट्राफिक चोक देखी महेन्द्र चोक सम्मको बाटो सबैभन्दा समस्या देखिएका कारण यतिबेला निर्माण कार्य भईरहेको छ । त्यसैगरी लत्रिएका तारहरुलाई पनि व्यावस्थापन तिव्र रुपमा अगाडी बढाईदैछ ।

 

[caption id="attachment_93555" align="alignnone" width="869"] विराटनगरको भाट भटेनी अगाडी रहेको धरान विराटनगर रोडको बाटो निमार्ण गरिदै ।[/caption]

रथयात्रा समारोह समितिका अनुसार रथ पेगोडा शैलीको बनाइएको छ । रथको लम्बाई २२ फिट चौडाई १४ फिट र उचाई १८ फिट रहेको छ । रथको अग्रभाग जुवाबाट ७५ फिट लम्बाईका दाया बाया पट्टि फैलिएका लठ्ठा डोरी राखिने छ ।
विराटनगरमा प्रत्येक बर्ष श्री कृष्ण जन्माष्टमीको भोली पल्ट युगल जोडी राधाकृष्ण राखेर निकालिने रथयात्राको अवलोकन गर्न नेपाल भारतका ५ लाख बढी श्रदालु विराटनगर आउने आयोजकले अपेक्षा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्