विराटनगरको हिमालय दर्शन कलेजमा अन्तराष्ट्रिय गुणस्तरको पठन पाठन

विराटनगरको हिमालय दर्शन कलेजमा अन्तराष्ट्रिय गुणस्तरको पठन पाठन

विराटनगर २ भदौ । त्रिभुवन विश्व विद्यालयबाट मान्यता प्राप्त विराटनगरको हिमालय दर्शन कलेजमा अन्तराष्ट्रिय गुणस्तरका कार्यक्रमहरु संचालन भएका छन् ।
कलेजमा विएचएम, विआईएम, विसिए, विएससि सिएसआइटि, तथा विविएस विश्वविद्यालयका स्नातक तहका विभिन्न कोर्सहरु पठनपाठन हुदै आएको छ ।
विश्वविद्यालयको निर्धा्रित पाठ्यक्रममा अतिरिक्त नन्क्रेडिट कोर्सहरु प्रदान गर्दै आएको कलेजले गुणस्तर र अन्तराष्ट्र्यि स्तरको पठनपाठन गर्दै आएको छ ।
कलेजले लेक्चरको अलावा आवश्यक्ता अनुसार ट्युटेरियल कक्षाहरु समेत प्रदान गर्दै आएको कलेजका प्रिन्सीपल भरत सापकोटाले बताए ।
सापकोटाको अनुसार, कलेजका विद्यार्थीहरुलाई समय समयमा रिसर्च वेस्ड टुर, युरोप र अमेरिकाको शैक्षिक प्रविधिलाई फ्युजन गरी मोटिभेसनल लेक्चर दिने गरिएको छ ।
कलेजले सैद्धान्तिक विषय वस्तु भन्दा प्रयोगात्मक विषय–वस्तुमा बढी केन्द्रित रहेर कलेजले विद्यार्थीहरुको व्यावहारिक ज्ञान र सीपको विकासलई उच्च प्राथमिकता दिएको सापकोटाको भनाई छ ।
हिमालयन दर्शन कलेजले राजधानी काठमाण्डौ र अन्य शहरहरुमा स्वदेशी तथा विदेशी विश्वविद्यालयसँग आइ टी र होटल मेनेजमेन्टका लागि अन्तराष्ट्रिय कम्पनी र होटलहरुसंग सझौता गरिएको कलेजका सस्थापक संचालक भेषराज पोखरेलले जानकारी दिए । साथै कलेज प्रदेश नम्वर १ भरी कै सर्वा्धिक रोजाइमा पर्ने गरेको कलेजको दावी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्