आफ्नै साथीलाई अपहरण शैलीमा नियन्त्रणमा लिएर निर्घात कुटपिट ( भिडियो सहित)

आफ्नै साथीलाई अपहरण शैलीमा नियन्त्रणमा लिएर निर्घात कुटपिट ( भिडियो सहित)

प्रेम देवान
विराटनगर २ भदौ । मोरङको बूढीगंगा गाउँपालिका–४ पोठियाका एक किशोरलाई गाउँकै युवाहरुले अपहरण शैलीमा नियन्त्रणमा लिएर निर्घात कुटपिट गरेको भिडियो सार्वजनिक भएको छ ।
मोबाइल चोरीको आरोप लगाउँदै १७ वर्षीय मोहम्मद नउसाद मियाँमाथि कुटपिट गरिएको मोरङ प्रहरीले जनाएको छ ।

नउसादमाथि बूढीगंगा–४ कै २२ वर्षीय सादीर मियाँ, २० वर्षीय अंसद मियाँ, १८ वर्षीय अफजल मियाँ र बूढीगंगा–५ का २१ वर्षीय आखिप मियाँले नियन्त्रणमा लिएर कुटपिट गरेका थिए । उनीहरुले नउसादलाई छालाको पेटी, लात्ती र मुक्काले दुई घण्टासम्म लगातार कुटपिट गरेको पिडित नउसादले बताए । घरमा लुगा धोईरहेको बेला काम छ भन्दै लगे अनि केही नभनी पिट्न थाले पिडित नउसादले आवर विराटनगरलाई बताए ।
गत बिहीबार साँझ ५ बजे घरैबाट एक किलोमिटर जति परको खुल्ला चउरमा लगेर साँझ ७ बजेसम्म कुटपिट गरेको बुवा मोहम्मद अलिम मियाँले बताए । उनले अफजलले घरमै आएर छोरालाई बोलाएर लगेको जानकारी दिए ।
घटनाको भिडियोमा पनि तीन जनाले कुटपिट गरेको प्रष्ट देखिन्छ । अलिमले साथी–साथीबीचमा मोबाइल हेर्ने क्रममा आइतबार साँझ भिडियो बाहिरिएपछि घटनाका बारेमा परिवारले जानकारी पाएको बताए ।


‘घटनाका बारेमा कोही कसैलाई भनेमा मारिदिन्छौं भन्ने धम्की दिए पछि नउसादले घरमा कसैलाई बताएका थिएनन् । अनुसार कुटपिटबाट ढाड लगायत शरीरका विभिन्न भागमा चोट लागेको छ । कुलिमुद्धिनले विभिन्न गाली गलौज गर्दै कुटपिट गरिएको भिडियो दर्दनाक रहेको बताए ।
मोरङ प्रहरीका अनुसार एक साता अघि गाउँकै अजय रायको मोबाइल चोरी भएको थियो । त्यही मोबाइल चोरी गरेको आरोप लगाउँदै अपहरण शैलीमा नियन्त्रणमा लिएर चार जना युवाले नउसादमाथि निर्घात कुटपिट गर्दै त्यसको भिडियोसमेत बनाएको हुन सक्ने अनुमान गरिएको छ ।
पीडित किशोरका परिवारले सोमबार चारै जना विरुद्ध जिल्ला प्रहरी कार्यालय मोरङमा किटानी जाहेरी दिएका छन् । मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिँउजुले घटनामा संलग्न चारै जना फरार रहेका कारण खोजी भइरहेको बताए ।

निर्घात कुटपिट ( भिडियो सहित

https://www.facebook.com/ourbrt/videos/377502356257024/

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्