विराटनगर ३ भदौ । प्रदेश नं. १ का ३ शहरमा विपन्न बालबालिकाका लागी खेलकुद नेपाल (पिडिसिएन) ले ‘थ्री वाई थ्री वास्केटबल’ प्रतियोगिता गर्ने भएको छ । पिडिसिएनको आयोजनमा विराटनगर लगायत धरान र विर्तामोडमा गर्ने भएको छ ।
प्रतियोगिता आगामी भदौ ६ गतेदेखि १० गते सम्म हुने पिडिसिएनका प्रकाश लिङदेनले जानकारी दिए । काडमान्डौ बाहिर पनि बास्केटबललाई विकास गराउने उदेस्यका आयोजना गर्न लागिएको लिङदेनले बताए । बास्केटबल प्रतियोगिता गर्नको लागी उपयुक्त पूर्वाधारका आधारमा विराटनगर, धरान र विर्तामोडलाई रोजिएको लिङदेनको भनाई छ । प्रतियोगितामा हरेक शहरमा १० – १० जना टिम सहभागिता जनाउन सक्नेछन् । प्रतियोगिताको लागी विराटनगरको लागी विराटनगर बास्केटबल एकेडेमी, धरानको लागी धरान बास्केटबल संघ र विर्तामोडका लागी विर्तामोड बास्केटबल संघले सहकार्य गर्ने भएको छ ।
विराटनगरका लागि आगामी भदौ ६ गते विकेभिएम स्कुलको बास्केटबल कोर्टमा हुने विराटननगर बास्केट बल एकेडेमीका सरोज लम्सालले जानकारी दिए । बास्केटबल विजेता टिमले नगद ५० हजार प्रमाण पत्र सहित मेडल प्राप्त गर्न सक्नेछन् । त्यसैगरी उप–विजेताले २५ हजार नगर पुस्कार प्राप्त गर्नेछन् ।