बिराटनगर आएर शेखर कोइरालाले भने “गुटको राजनीति अन्त्य गर्न देश दौडाहामा निस्केको छु”

बिराटनगर आएर शेखर कोइरालाले भने “गुटको राजनीति अन्त्य गर्न देश दौडाहामा निस्केको छु”

बिराटनगर भदौ ४ ,

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले गुटको राजनीति अन्त्य गर्न आफू देश दौडाहामा रहेको बताउनुभएको छ ।
नेपाली कांग्रेस तरुण विभाग मोरङले आज विराटनगरमा गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै कोइरालाले कांग्रेसभित्रको गुटको अन्त्य गर्न आफूले देश दौडाहा गरिरहेको बताउनु भयो । उहाँले कांग्रेसभित्र गुट रहने हो भने त्यसले कांग्रेसलाई नै समाप्त पार्ने र लोकतन्त्र पनि धरापमा पर्ने बताउनुभयो । उहाँले पार्टीभित्र आन्तरिक द्वन्द्व कायमै रहेको पनि बताउनुभयो ।

उहाँले कांग्रेसमा अब गुट नभई बिचारको राजनीति आवश्यक रहेको बताउनुभयो । यस्तै कार्यक्रममा बोल्दै कांग्रेस केन्द्रीय सदस्य एवं सांसद डा. डिला संग्रौलाले गुटको अन्त्यको सुरुवात मोरङबाट नै गर्नुपर्ने आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा मोरङ कांग्रेसका सभापति डिकबहादुर लिम्बुले गुटको राजनीति अन्त्य हुन नसके कांग्रेस नै समाप्त भएर जाने बताउनुभयो । कार्यक्रममा सहभागी युवाहरुले तरुण युवाहरुलाई नेतृत्व दिन आग्रह गरेका थिए । कार्यक्रममा ५० जना युवाहरु नेपाली कांग्रेसमा प्रवेश गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्