‘लेनदेनबाट हुन्छ विश्वविद्यालयको पदाधिकारी नियूक्ति’, पूर्वाञ्चल विश्वविद्यालयका प्राध्यापक भाग खोज्दै

‘लेनदेनबाट हुन्छ विश्वविद्यालयको पदाधिकारी नियूक्ति’, पूर्वाञ्चल विश्वविद्यालयका प्राध्यापक भाग खोज्दै

विराटनगर ।
पूर्वाञ्चल विश्वविद्यालयका प्राध्यापक तथा कर्मचारीले बाहिरबाट उपकुलपति तथा रजिष्ट्रार नल्याउन चेतावनी दिएको छ । विश्वबिद्यालयका उपकुलपति प्रा.डा. घनश्यामलाल दासको कार्यअबधि सकिन केही दिन मात्र बाँकी रहँदा आज विराटनगरमा पत्रकार सम्मेलन गर्दै कर्मचारी संघ र प्राध्यापक संघले ‘हामी हाम्रो विश्वविद्यालय बनाउन सक्छौ’ भन्दै आयातित उपकुलपति र रजिष्टार नल्याउन भनेका हुन् ।
पूर्वाञ्चल विश्वविद्यालयको २५ औ बर्ष पुरा भईसकेको अबस्थामा अहिलेसम्म आन्तरिक रुपमा नेतृत्व पाउन नसकेको आरोप लगाउँदै विश्वविद्यालय कर्मचारी संघका सभापति राजकुमार सापकोटाले अबको नेतृत्व विश्वविद्यालय भित्रैबाट छान्न दवाव दिए । कर्मचारी संघका सभापति सापकोटाका अनुसार बाहिरबाट ल्याईएका उपकुलपति तथा राजिष्ट्रार उत्तरदायी नहुने गरेका छन् ।
‘उनीहरु बिभिन्न चलखेलबाट विश्वविद्यालयको उपकुलपतिमा आउने गरेको हुँदा उनीहरु जागिर खान मात्र अभिप्रेरित हुने गरेका छन्, उनले भने, विश्वविद्यालय प्रति जिम्मेवार र जवाफदेही देखिएका छैनन् त्यसैले अब हामी हाम्रो विश्वविद्यालय आफैँ चलाउन सक्छौँ ।’ उनले विश्वविद्यालयलाई अनुसन्धानको थलो बनाउन नसकेर भाडभैलो र अस्तब्यस्त बनाएको आरोप लगाए ।
पूर्वाञ्चल विश्वविद्यालय प्राध्यापक संघका सभापति डा. सन्देशदास श्रेष्ठले २५ बर्षसम्म केही उल्लेख्य प्रगति नहुनुले आन्तरिक नेतृत्वले विश्वविद्यालयलाई अगाडि बढाउँदै शैक्षिक गतिविधि गर्न सक्ने बताए । अहिले पूर्वाञ्चल विश्वविद्यालय भित्र ७ जना प्राध्यापक र १९ जना सह प्राध्यापक रहेकोले उनीहरु मध्येबाट नै उपकुलपति तथा रजिष्ट्रार नियुक्त गर्नु पर्ने उनको भनाई छ । पूर्वाञ्चल विश्वविद्यालयको कुलपतिमा प्रधानमन्त्री रहने ब्यवस्था रहेको छ भने सह कुलपतिमा विज्ञान प्रबिधि तथा शिक्षा मन्त्री रहने ब्यवस्था गरिएको छ । राजनीति नियुक्ति हुने भएकोले यहाँको नियुक्तिको विषयमा बिभिन्न समयमा प्राध्यापकहरुले यो मागलाई उठाउँदै आएको भएपनि अहिलेसम्म बाहिरबाट प्राध्यापक ल्याएर उपकुलपति बनाउने गरिएपछि उनीहरुले आन्तरिक रुपमा नै उपकुलपति बनाउन माग गरेका हुन् ।
उपकुलपतिको कार्यकाल सकिन लागेको अबस्थामा गरिएको पत्रकार सम्मेलनको क्रममा प्राध्यापक संघका सभापति श्रेष्ठले फलाम तातेको बेला हान्यो भने मात्र आकार दिने भएकोले अहिले यो प्रक्रियाको बिषय छलफलमा भईरहँदा आफ्ना कुराहरु सार्बजनिक गरिएको बताए । अहिलेसम्म नियुक्त भएर आएका उपकुलपतिलाई ६ महिना त विश्वविद्यालयलाई बुझ्न नै लाग्ने गरेको उनको भनाई छ ।
प्राध्यापक संघका पुर्ब सभापति दिनेशराज सुवेदीले पदाधिकारी नियुक्तिको बिषय आर्थिक लेनदेन र चलखेलबाट शुरु हुने गरेको आरोप लगाए । ‘पदाधिकारी नियुक्त भएर आएपछि बुझाएर आएको रकम कसरी असुली गर्ने भन्नेमा पदाधिकारीहरु भुलिँदा विश्वविद्यालयको शाख जोगाउन मुुस्कील परेको छ, सुबेदीले भने, यी कुरामा सुधार नहुँदासम्म विश्वविद्यालयले गति लिन सक्दैन ।’
विश्वविद्यालयको काम कार्वाहीलाई नै प्रभावित पार्ने गरी धम्कीपुर्ण भाषामा आएको प्राध्यापक संघ र कर्मचारी संघको विज्ञप्तीमा पू.वि. भन्दा बाहिर गएर पदाधिकारी नियुक्त गरिए विश्वबिद्यालय भित्र बिषम् परिस्थीतीको सिर्जना गर्ने र अस्तब्यस्त पार्नेसम्मको चेतावनी आएको अबस्थामा सुधारको बिषयलाई भने छोएको समेत छैन । पदकै लागि भनेर आएको विज्ञप्तीले प्राध्यापकहरु भित्र आफ्नो भाग खोज्ने काम मात्र गरेको कतिपयको भनाई छ ।
पूर्वाञ्चल विश्वविद्यालय भ्रष्टाचारले जर्जर बनेको छ । त्यसलाई सुधार गर्ने र राम्रो बनाउनको लागि प्राध्यापककको भुमिका कहिँकतै उल्लेख भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्