सरकारले नै लोकतन्त्रलाई कमजोर बनाउँदैछ : डा. शेखर

<span class='c1'>सरकारले नै लोकतन्त्रलाई कमजोर</span> <span class='c2'>बनाउँदैछ : डा. शेखर</span>

नेपाल प्रेस युनियन मोरङले बुधबार विराटनगरमा आयोजना गरेको ‘रमाप्रसाद-मायादेवी रिजाल पत्रकारिता पुरस्कार’ समर्पण कार्यक्रममा बोल्दै कोइरालाले अरुबाटभन्दा सरकारबाटै लोकतन्त्र खतरामा परेको आरोप लगाए । उनले भने,‘‘सरकारले जनअपेक्षाअनुसारका काम गर्न नसक्दा सुषुप्त अवस्थामा रहेका पुर्नउत्थानवादी सक्रिय भएका हुन । सरकारले नै लोकतन्त्रलाई बलियो बनाउतेतर्फ ध्यान नदिएकोले नै बचाउन चुनौती भएको हो ।’’

विप्लव र राजावादीले चलखेल गरेको भन्दै प्रधानमन्त्रीले नै अभिव्यक्ति आउनुले पनि सरकारको प्रस्तुति कस्तो छ भन्ने प्रश्न उठेको कोइरालाको भनाइ थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘नन्-इस्यूमा’सर्वदलीय बैठक बोलाएको कोइरालाको टिप्पणी थियो ।

सरकारले जनअपेक्षाअनुसार काम गरेमा लोकतन्त्रलाई कसैले छुन नसक्ने कोइरालाको दाबी थियो । ‘‘राजावादी र विप्लवबाट खतरा भयो भनेर प्रधानमन्त्रीले अभिव्यक्ति दिनुले मुलुक अर्कै बाटोमा त हिंडिरहेको छैन्’’, भन्ने आशंका उब्जिएको कोइरालाको कथन थियो । उनले मिडिया काउन्सिल विधेयक र राष्ट्रिय मानवअधिकारलगायतका विवादस्पद विधेयकले सरकार लोकतन्त्रप्रति उदार छैन भन्ने प्रस्ट भएको बताए । मिडिया काउन्सिल विधेयक फिर्ता गरेर सरोकारवालासमक्ष पुनः छलफल गरेर ल्याइनु पर्ने बताए । उनले भने,‘‘कतै सरकार नियन्त्रित मिडिया काउन्सिल हुन्छ ?’’

केन्द्रीय सदस्य डा. डिला संग्रौलाले लोकतन्त्रमाथि चारैतिरबाट प्रहार हुन थालेकाले कांग्रेस एकढिक्का भएर अगाडि बढ्नुपर्नेमा जोड दिइन । उनले भनिन्,‘‘मुलुकमा अत्यधिक भ्रष्टाचार बढ्दा पनि सरकार चुप लागेर बसेको छ ।’’

प्रेस युनियन मोरङका अध्यक्ष कुमार लुइँटेलको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा मोरङ कांग्रेसका सभापति डिकबहादुर लिम्बू, पत्रकार महासंघ प्रदेश-१ का अध्यक्ष विक्रम लुइँटेल, प्रेस युनियनका प्रदेश संयोजक लीलावल्लभ घिमिरे, प्रेस युनियन मोरङका सल्लाहकार मीनकुमार नवोदितलगायतले सरकारले नै प्रेसलाई संकुचित बनाउन खोज्नु दुःखद भएको टिप्पणी गरे ।

कार्यक्रममा साढे दुई दशकदेखि पत्रकारितामा सक्रिय शंकर खरेललाई १५ हजार राशिको रमाप्रसाद-मायादेवी रिजाल पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो । युनियनले स्वतन्त्रता सेनानी रमाप्रसाद रिजालको नाममा पुरस्कारको स्थापना गरेको हो । पुरस्कारको संरक्षकमा रमाप्रसादका छोरा सुभाष रिजाल छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्