ईलाका प्रहरी कार्यालय बुधनगरको नव निर्मित भवनको शिलान्यास

<span class='c1'>ईलाका प्रहरी कार्यालय बुधनगरको</span> <span class='c2'>नव निर्मित भवनको शिलान्यास</span>

विराटनगर । ईलाका प्रहरी कार्यालय बुधनगरको नव निर्मित भवनको शिलान्यास गरिएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी विश्व अधिकारीले नव निर्मित भवनको बुधबार शिलान्यास गरे ।
वि.स. २०३५ सालमा स्थापना भएको भवन पुरानो र जिर्ण अवस्थामा रहेको भवनको शिलान्यास भएको हो । भवन जीर्ण भएको कारण काम कारबाहीमा कठिनाई भएका कारण प्रदेश सरकारको सहयोगमा नयाँ भवन बन्न लागेको हो । विराटनगर १८ फडानी चोकमा रहेको ईलाका प्रहरी कार्यालयको नयाँ भवनको शहरी विकास तथा भवन कार्यालय प्रदेश १ को प्राविधिक सहयोग र लक्ष्मीमाता कष्ट्रक्सन प्रालिले भवन निर्माण गर्ने छ ।
एक करोड ७६ लाख ६२ हजार ८ सय ७० रुपैयाको लागतमा नयाँ भवन बन्न लागेको हो । २०७६ असार २६ गते भएको सम्झौता मितिले एक वर्ष भित्र बनाईसक्ने सम्झौता भएको छ ।
कार्यक्रममा मोरङ प्रहरी प्रमुख विश्व अधिकारीले मोरङ जिल्ला देशैभरको सबैभन्दा राम्रो र उत्कृष्ट नमुना भवन बन्ने बताए । एसपी अधिकारीका अनुसार–मोरङमा मात्र प्रदेश सरकारबाट ३२ करोड बराबरको प्रहरीलाई चाहिने पूर्वाधार, स्रोत साधन तथा व्यावस्थापनको बजेट छुटाइएका कारण आज त्यही बजेटबाट बुधनगर ईलाका प्रहरी कार्यालयमा नंया भवन बन्न लागेको छ । बुधनगर क्षेत्रमा खुला सिमाना भएका कारण धेरै तस्कारी र अपराध नियान्त्रण गर्न प्रहरी सक्रियता बढाउन आवश्यक रहेको एसपी अधिकारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्