विराटनगरका उद्योगी राउत प्रदेशको औद्योगिक करिडोर संभाब्यता समिति सदस्यमा नियुक्त

विराटनगरका उद्योगी राउत प्रदेशको औद्योगिक करिडोर संभाब्यता समिति सदस्यमा नियुक्त

विराटनगर ।  नेपालको संघीय सरकारले गर्न लागेको प्रदेश १ र २ को औद्योगिक करिडोरको संभाब्यता अध्ययन गर्नको लागि विराटनगरका उद्योगी राजेन्द्र राउतलाई सम्भाब्यता अध्ययन समितिको सदस्यमा नियुक्त गरिएको छ । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का उपाध्यक्ष रहेका राउत दुई वटा प्रदेशमा औद्योगिक कोरिडोरको सम्भाव्यता अध्ययन तथा विस्तृत अध्ययन प्रतिवेदन कार्यक्रम सञ्चालन गर्ने कार्यदलमा मनोनित भएका हुन् ।
उद्योग वाणिाज्य तथा आपूर्ति मन्त्रालयका सह सचिवको संयोजकत्वमा गठित कार्यन्वयन समितिमा नेपाल उद्योग वाणिज्य महासङ्घ काठमाडौको तर्फबाट राउतलाई सदस्यमा नियुक्त गरिएको नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ समितिका कार्यकारी निर्देशक श्याम भण्डारीले जानकारी दिए । समितिको कार्यकाल एक बर्षको हुने बताईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्